Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

कञ्चनपुर बजेटः पूर्वाधारलाई नै प्राथमिकता


१२ असार ,दोधारा चाँदनी । कञ्चनपुरका नौ स्थानीय तहले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेट सार्वजनिक गरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकाले कृषिमा ‘हाम्रो उपजः हाम्रै प्रयोग’ भन्ने नारा अघि सारेको छ ।

त्यसैगरी कृषि क्षेत्रमा नगरपालिकालाई आत्मनिर्भर बनाउन व्यावसायिक कृषि खेतीलाई बढोत्तरी हुने गरी कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न आवश्यक सहजीकरण गर्ने नीति लिएको छ । त्यसैगरी नगरपालिकाले कृषि उत्पादनलाई अभिवृद्धि गर्न ‘एक वडा एक उत्पादन’को नीति अवलम्बन गरेको नगर प्रवक्ता महेन्द्र खड्काले जानकारी दिए । “कृषकले उत्पादन गरेको कृषि उपजको भण्डारणका लागि शीतगृह र कृषि भण्डारण केन्द्र स्थापना गर्ने गरी बजेटको व्यवस्था मिलाएको छ”, उनले भने, “शिक्षामा विद्यार्थीसँग मेयर कार्यक्रम र वडा–वडामा निःशुल्क स्वास्थ्य शिविर गर्ने गर्ने व्यवस्था मिलाएका छौँ ।”

उनले ‘जेहेन्दार विद्यार्थी छात्रवृत्ति कार्यक्रम’अन्तर्गत नगर क्षेत्रका विद्यालयबाट अध्ययन गरेका विपन्न तथा जेहेन्दार विद्यार्थीको उच्च शिक्षामा पहुँच बढाउन छात्रवृत्तिको व्यवस्था मिलाएको बताए । “संस्थागत विद्यालयबाट प्रदान गरिने गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति कार्यक्रमलाई कडाइका साथ लागू गरिने छ”, उनले भने, “व्यावसायिक ज्ञान, सीप प्रवर्द्धन गर्न पढ्दै कमाउँदै कार्यक्रमलाई थप विस्तार गर्ने गरी बजेट विनियोजन गरिएको छ ।” उनले सामुदायिक विद्यालयमा ‘हाम्रो विद्यालय, उत्कृष्ट विद्यालय’ अभियान सञ्चालन गरिने बताए ।

यसैगरी यहाँको वेदकोट नगरपालिकाले ‘समृद्ध वेदकोट नगरको आधारः कृषि, उद्योग, पर्यटन र पूर्वाधार’ भन्ने मूल नारा अवलम्बन गरेर आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । “शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा ध्यान केन्द्रित गरेका छौँ ।” नगरपालिकाका उपप्रमुख तुलसी जोशीले भने, “नगर गौरवका योजनालाई प्राथमिकताका साथ अघि बढाउने छौँ ।”

यहाँको कृष्णपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास प्राथमिकतामा दिएको छ । “यसपटक हामीले स्थानीय स्रोत साधनलाई उपयोग गरेर शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड दिएका छौँ”, नगरप्रमुख हेमराज ओझाले भने, “सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने, सबै नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा पुर्याउँछौ ।”

यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिकाले नगर गौरवका योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । नगर प्रमुख रणबहादुर महराले नगरपालिकाले नगर गौरवका योजना प्राथमिकतामा राखेर आगामी वर्षको बजेट ल्याएको बताए । “बजेटमा नगर गौरवका योजनाहरू प्राथमिकतामा राखेका छौँ”, उनले भने, “नगरपालिकाको आन्तरिक आय कम छ, सङ्घबाट आउने रकम घटेर आएको छ ।” उनले यसपटक बजेट कार्यान्वयनमा नगरपालिकाले जोड दिएको बताए ।


प्रकाशित मिति: १२ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?