Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

कञ्चनपुर बजेटः पूर्वाधारलाई नै प्राथमिकता


१२ असार ,दोधारा चाँदनी । कञ्चनपुरका नौ स्थानीय तहले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेट सार्वजनिक गरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकाले कृषिमा ‘हाम्रो उपजः हाम्रै प्रयोग’ भन्ने नारा अघि सारेको छ ।

त्यसैगरी कृषि क्षेत्रमा नगरपालिकालाई आत्मनिर्भर बनाउन व्यावसायिक कृषि खेतीलाई बढोत्तरी हुने गरी कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न आवश्यक सहजीकरण गर्ने नीति लिएको छ । त्यसैगरी नगरपालिकाले कृषि उत्पादनलाई अभिवृद्धि गर्न ‘एक वडा एक उत्पादन’को नीति अवलम्बन गरेको नगर प्रवक्ता महेन्द्र खड्काले जानकारी दिए । “कृषकले उत्पादन गरेको कृषि उपजको भण्डारणका लागि शीतगृह र कृषि भण्डारण केन्द्र स्थापना गर्ने गरी बजेटको व्यवस्था मिलाएको छ”, उनले भने, “शिक्षामा विद्यार्थीसँग मेयर कार्यक्रम र वडा–वडामा निःशुल्क स्वास्थ्य शिविर गर्ने गर्ने व्यवस्था मिलाएका छौँ ।”

उनले ‘जेहेन्दार विद्यार्थी छात्रवृत्ति कार्यक्रम’अन्तर्गत नगर क्षेत्रका विद्यालयबाट अध्ययन गरेका विपन्न तथा जेहेन्दार विद्यार्थीको उच्च शिक्षामा पहुँच बढाउन छात्रवृत्तिको व्यवस्था मिलाएको बताए । “संस्थागत विद्यालयबाट प्रदान गरिने गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति कार्यक्रमलाई कडाइका साथ लागू गरिने छ”, उनले भने, “व्यावसायिक ज्ञान, सीप प्रवर्द्धन गर्न पढ्दै कमाउँदै कार्यक्रमलाई थप विस्तार गर्ने गरी बजेट विनियोजन गरिएको छ ।” उनले सामुदायिक विद्यालयमा ‘हाम्रो विद्यालय, उत्कृष्ट विद्यालय’ अभियान सञ्चालन गरिने बताए ।

यसैगरी यहाँको वेदकोट नगरपालिकाले ‘समृद्ध वेदकोट नगरको आधारः कृषि, उद्योग, पर्यटन र पूर्वाधार’ भन्ने मूल नारा अवलम्बन गरेर आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । “शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा ध्यान केन्द्रित गरेका छौँ ।” नगरपालिकाका उपप्रमुख तुलसी जोशीले भने, “नगर गौरवका योजनालाई प्राथमिकताका साथ अघि बढाउने छौँ ।”

यहाँको कृष्णपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास प्राथमिकतामा दिएको छ । “यसपटक हामीले स्थानीय स्रोत साधनलाई उपयोग गरेर शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड दिएका छौँ”, नगरप्रमुख हेमराज ओझाले भने, “सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने, सबै नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा पुर्याउँछौ ।”

यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिकाले नगर गौरवका योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । नगर प्रमुख रणबहादुर महराले नगरपालिकाले नगर गौरवका योजना प्राथमिकतामा राखेर आगामी वर्षको बजेट ल्याएको बताए । “बजेटमा नगर गौरवका योजनाहरू प्राथमिकतामा राखेका छौँ”, उनले भने, “नगरपालिकाको आन्तरिक आय कम छ, सङ्घबाट आउने रकम घटेर आएको छ ।” उनले यसपटक बजेट कार्यान्वयनमा नगरपालिकाले जोड दिएको बताए ।


प्रकाशित मिति: १२ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?