Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

पहिरो गएको स्थानबाट ट्रक खोलामा खस्यो


११ असार, डडेल्धुरा । डडेल्धुरा–डोटी जोड्ने सेती राजमार्ग अन्तर्गत रडुवाखोलामा मालबाहक मिनिट्रक खसेको छ । केआइसिंह राजमार्ग भनिने सो राजमार्गको डडेल्धुराको गन्यापधुरा गाउँपालिका –२ स्थित रडुवाखोलामा मिनीट्रक खसेको हो ।

सोमबार बिहान धनगढीबाट बाजुरा जाँदैगरेको सुपप्र ०१००१ प १८८६ नम्बरको मिनी ट्रक रडुवाखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । खाद्यान्न बोकेको मिनिट्रक डोटीको जोरायल गाउँपालिका –२ बस्ने २३ वर्षीय प्रकाश मल्लले चलाएका बुझिएको छ ।

दुर्घटनामा मानवीय क्षति नभएको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले बताए । ट्रक सडकबाट करिब ३० मिटर तल खसेको छ । २०७७ असोज कात्तिक महिनामा परेको अबिरल वर्षापछि उक्त स्थानमा पहिरोले ३०० मिटर सडक खोलामा भासिएको थियो ।

कालोपत्रे सडक पुरै भासिएपछि अस्थाई रुपमा सडक बनाई यातायात सञ्चालनमा ल्याइएको थियो । पहिरो गएको स्थानबाटै ट्रक खोलामा खसेको भट्टँले बताए ।


प्रकाशित मिति: ११ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?