Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

प्रेस युनियन काठमाडौं शाखाको अध्यक्षमा गौतम र सचिवमा अधिकारी निर्वाचित


११ असार ,काठमाडौँ । प्रेस युनियनको काठमाडौं शाखाको अध्यक्षमा महेश्वर गौतम र सचिवमा सन्तोष अधिकारी विजयी भएका छन् ।

आज काठमाडौंको लैनचौरमा भएको निर्वाचनमा काठमाडौं शाखाको प्रेस युनियन अध्यक्षमा महेश्वर गौतम विजयी भएका हुन् ।त्यस्तै सचिवमा सन्तोष अधिकारी विजयी भएका छन् ।

अध्यक्षमा दिलिप प्रकाश कार्की, र महेश्वर गौतमले उम्मेदवारी दिएका थिए । त्यस्तै सचिवका लागि केशवप्रसाद पाण्डे र सन्तोष अधिकारीले उम्मेदवार दिएका थिए ।

युनियनले उपाध्यक्ष, सहसचिव, कोषाध्यक्ष र सदस्यहरु सर्वसम्मत टुंगो लगाएको थियो । उपाध्यक्षमा रोमन आचार्य, कल्पना खड्का र श्रद्धा कोइराला चुनिएका छन् । त्यस्तै सहसचिवमा पूजा बगाले र कोषध्यक्षमा प्रदिप कार्की चयन भएका छन् । अन्य २० जना सदस्यहरुसमेतको प्रेस युनियन काठमाडौं शाखाको कार्यसमिति बनेको छ ।

कुल ४५२ मत खसेकोमा अध्यक्ष गौतमले ३१० मत ल्याएर विजयी भएका थिए भने उनका प्रत्यासी कार्कीले १२९ मात्रै मत ल्याएका हुन । त्यस्तै सचिवमा अधिकारीले २८५ मत ल्याएर विजयी भए भने उनका प्रत्यासी पाण्डेले भने १५९ मात्रै मत प्राप्त गरे ।  ११ मत भने बदर भएकाे छ ।


प्रकाशित मिति: ११ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?