Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

प्रेस युनियन काठमाडौं शाखाको अध्यक्षमा गौतम र सचिवमा अधिकारी निर्वाचित


११ असार ,काठमाडौँ । प्रेस युनियनको काठमाडौं शाखाको अध्यक्षमा महेश्वर गौतम र सचिवमा सन्तोष अधिकारी विजयी भएका छन् ।

आज काठमाडौंको लैनचौरमा भएको निर्वाचनमा काठमाडौं शाखाको प्रेस युनियन अध्यक्षमा महेश्वर गौतम विजयी भएका हुन् ।त्यस्तै सचिवमा सन्तोष अधिकारी विजयी भएका छन् ।

अध्यक्षमा दिलिप प्रकाश कार्की, र महेश्वर गौतमले उम्मेदवारी दिएका थिए । त्यस्तै सचिवका लागि केशवप्रसाद पाण्डे र सन्तोष अधिकारीले उम्मेदवार दिएका थिए ।

युनियनले उपाध्यक्ष, सहसचिव, कोषाध्यक्ष र सदस्यहरु सर्वसम्मत टुंगो लगाएको थियो । उपाध्यक्षमा रोमन आचार्य, कल्पना खड्का र श्रद्धा कोइराला चुनिएका छन् । त्यस्तै सहसचिवमा पूजा बगाले र कोषध्यक्षमा प्रदिप कार्की चयन भएका छन् । अन्य २० जना सदस्यहरुसमेतको प्रेस युनियन काठमाडौं शाखाको कार्यसमिति बनेको छ ।

कुल ४५२ मत खसेकोमा अध्यक्ष गौतमले ३१० मत ल्याएर विजयी भएका थिए भने उनका प्रत्यासी कार्कीले १२९ मात्रै मत ल्याएका हुन । त्यस्तै सचिवमा अधिकारीले २८५ मत ल्याएर विजयी भए भने उनका प्रत्यासी पाण्डेले भने १५९ मात्रै मत प्राप्त गरे ।  ११ मत भने बदर भएकाे छ ।


प्रकाशित मिति: ११ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?