Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

तिलागुफा नगरपालिकाले ल्यायो पशु पैँचो कार्यक्रम


११ असार, कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले पशु पैँचो कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरको १३औँ सभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमा नगरलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि पशु पैँचो कार्यक्रम सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रमुख शङ्कर उपाध्यायले जानकारी दिए ।

पशुपालन व्यवस्थालाई प्रवद्र्धन गर्न विपन्न र आर्थिक अवस्था कमजोर भएका लगनशिल किसानलाई पशु पैँचो कार्यक्रम लागू गरिने बजेटमा उल्लेख छ । बजेटमा कम उत्पादन क्षमता भएका पशुको बहिर्गमन गरी उन्नत नश्लका पशुपन्छीको आगमन गर्न र पशुजन्य उत्पादन बढाउन प्राकृतिक पशु प्रजननमा उन्नत पाडा, राँगा, बोका र साँडे विवरण गरिने पनि बजेटमा उल्लेख छ । कृतिम पशु प्रजननका लागि राष्ट्रियप पशु प्रजनन केन्द्र पोखरा र मातहतका निकायसँग समन्वय गरी कृतिम गर्भाधान सेवा बिस्तार गर्न पहल गरिने समेत उल्लेख छ ।

कृषि क्षेत्रमा पशुपालन वृद्धि गर्ने उद्देश्यले पशुपैचो कार्यक्रममा सञ्चालनमा ल्याइएको उनको भनाइ छ । तिलागुफा नगरपालिकामा गाईभँैसी, भेडाबाख्रा पालन र चरन क्षेत्र राम्रो छ ।

“नगरपालिकाले भौतिक संरचना निर्माण, स्वास्थ्य बीमालाई निरन्तरता, कृषि क्षेत्रको विकासका लागि पशुपैचोसहित वृहत् सिँचाइ आयोजना सञ्चालनमा ल्याउने नीति लिएको छ”, उनले भने, “यी कार्यक्रमले नगरपालिका भित्रको विकास र समृद्धि गर्ने लक्ष्य राखेका छौंँ ।”

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै चालु आवमा भएका सबै कार्यक्रमलाई निरन्तरता दिँदै थप कार्यक्रममा पशुपैचो, एक घर पाँच फलफुल बिरुवा कार्यक्रम सञ्चालन गरिने नगर उपप्रमुख महेन्द्रबहादुर शाहीको भनाय छ । “भौतिक संरचना निर्माण, खानेपानी सञ्चालन, लक्षित वर्गका कार्यक्रमलाई प्राथमिकता दिइएको छ”, उनले भने, “स्थानीय रैथाने बालीको संरक्षणका लागि भटमास, कोदो, सिमी, कागुनो र फापर खेतीलाई जोड दिन किसानलाई प्रोत्साहन गरिनेछ ।”

नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु ६३ करोड ११ लाख ५४ हजार आठ सय २२ करोडको बजेट ल्याएको छ ।


प्रकाशित मिति: ११ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?