५ श्रावण, सर्लाही । चर्को ब्याजदरमा लिएको रकम तिर्न नसकेपछि साहु (मिटरब्याजी) ले जबर्जस्ती हड्पेको सर्वसाधारणको करिब चार बिघा जमिन यहाँ सम्बन्धित व्यक्तिकै नाममा फिर्ता भएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोग र सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको संयन्त्रको पहलमा जिल्लाका मिरटब्याजी पीडितको तीन बिघा १० कट्ठा १२
५ श्रावण, काठमाडाैँ । काठमाडौँबाट फोहोरका गाडी बञ्चरे डाँडामा लगिएको छ । प्रहरी स्कर्टिङ सहित फोहोर बोकेका गाडी शुक्रबार बञ्चरे डाँडा लगिएको हो । नुवाकोट र धादिङका स्थानीयले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्न नदिएपछि सरकारले प्रहरी स्कर्टिङ सहित गाडी बञ्चरे डाँडामा पठाएको हो । पछिल्ला पाँच दिनदेखि बञ्चरेडाँडा आसपासका स्थानीयले काठमाडाैँ
५ श्रावण, म्याग्दी । म्याग्दीको बगरफाँट, सिंगा, ताकम, रत्नेचौर र बाबियाचौरमा डेढ दशकअघिसम्म धान, गहुँ, मकै र समयअनुसारको अन्नबाली लहलह झुलेको हुन्थ्यो । अन्नबालीले यहाँका फाँट निकै हरिया हुन्थे । यहाँको उत्पादनले स्थानीयलाई १२ महिनासम्म खान पुग्थ्यो तर, जब सडक बनेर गाडी कुद्न थाले यहाँको अवस्था फेरियो । अन्न फल्ने हरिया
५ श्रावण, गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले रैथाने आलुलाई ‘ब्रान्डिङ’ गरी बजारमा ल्याएको छ । कृषि ज्ञान केन्द्रसँगको समन्वयमा रैथाने आलुलाई बजारमा ल्याइएको हो । ‘गाउँका कृषकले बजार पाउने, सहरका उपभोक्ताले गुणस्तर पाउने’ भन्ने मूल नाराका साथ स्थानीय पहिचानसँग जोडिएको रैथाने आलुको ब्रान्ड, लेबल र प्याकेजिङसहित आलु यही साउनको सुरुआतसँगै बजारमा
५ श्रावण, काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले गाडीको तीव्र गति नियन्त्रणका लागि ‘अटोमेटिक नम्बर प्लेट रिकग्निसन सिस्टम विथ डिटेक्स’ (एएनपिआर क्यामरा) जडान गर्न थालेको छ । यसरी सडकमा जडान गरिएका क्यामरा (उपकरण) ले तीव्र गतिमा गुडिरहेको गाडीको पहिचान गरी त्यसको अभिलेख ट्राफिक प्रहरी कार्यालयको नियन्त्रण कक्षमा रहेका सर्भरमा पुर्याउने गरेको
५ श्रावण, भक्तपुर । चाँगुनारायण नगरपालिका–७ बागेश्वरीको पगरी टोलमा एक सय ६७ वर्ष पुरानो शिलालेख फेला परेको छ । सडक स्तरोन्नतिका लागि स्थानीय जनक लामिछानेको जग्गा सम्याउने क्रममा बाँसको झ्याङमुनि कोलसहितको शिलालेख फेला परेको हो । करिब सात फिट लम्बाइको शिलालेखको ढुङ्गा प्राचीन ढुङ्गे कोल भएको स्थानीय हरिसुन्दर छुंकाले बताए ।
५ श्रावण, गोरखा । गोरखा नगरपालिका–७, सतिपीपलस्थित एक घरबाट गत असार १४ गते बरामद गरिएको टल्कने शिला गोरखामै राख्न गोरखाका विभिन्न सङ्घसंस्थाहरुले माग गरेका छन् । अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको उक्त शिला वर्षौंदेखि एक घरमा पूजा गर्दै आएको पाइएपछि त्यसलाई गोरखकाली मन्दिर या गोरखनाथ मन्दिर परिषरमा राख्न माग गरिएको
५ श्रावण, बैतडी । जङ्गली विषालु च्याउ खाँदा बैतडीमा पाँच जना सिकिस्त बिरामी भएका छन् । बिरामी पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका–३ तडीगाउँमा ४८ वर्षीय टेकराज भट्ट, उनकी श्रीमती ३६ वर्षीया धैली भट्ट, छोरा दस वर्षीय भुवन, पाँच वर्षीय छोरा दशरथ र ७ वर्षीया छोरी शारदा रहेका छन् । स्थानीय जङ्गलबाट
५ श्रावण, रोल्पा । गए राति परेको चट्याङमा जिल्लामा एक वडासदस्यको निधन भएको छ । सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडासदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको सो घटनामा परी निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक घर्तीमगर आफ्नो कान्छो भाइको घरमा सुतेको बेला चट्याङमा परेको उक्त कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले जानकारी
५ श्रावण, बैतडी । बैतडीको सिगास गाउँपालिका–२ स्थित गाँजरीबजारमा अवैधरूपमा सञ्चालन रहेको स्वास्थ्य क्लिनिक 'सिल’ गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा बिहीबार गरिएको छड्के अनुगमनका क्रममा गाँजरीमा रहेको जै अनिरुद्र सिगास क्लिनिक सिल गरिएको हो । प्रहरीले सो स्वास्थ्य क्लिनिक सञ्चालक खेमराज अवस्थीलाई समेत नियन्त्रणमा लिएको स्वास्थ्य