Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

१ सय ६७ वर्ष पुरानो शिलालेख भेटियो


५ श्रावण, भक्तपुर । चाँगुनारायण नगरपालिका–७ बागेश्वरीको पगरी टोलमा एक सय ६७ वर्ष पुरानो शिलालेख फेला परेको छ । सडक स्तरोन्नतिका लागि स्थानीय जनक लामिछानेको जग्गा सम्याउने क्रममा बाँसको झ्याङमुनि कोलसहितको शिलालेख फेला परेको हो ।

करिब सात फिट लम्बाइको शिलालेखको ढुङ्गा प्राचीन ढुङ्गे कोल भएको स्थानीय हरिसुन्दर छुंकाले बताए । सो स्थानमा कोलमा राखिने गोलो ढुङ्गासमेत फेला परेको छ । उक्त ढुङ्गा तीन किलोभन्दा बढी रहेको छुंकाले जानकारी दिए ।

पगरी टोलमा फेला परेको शिलालेख, गोलो ढुङ्गाका साथै ऐतिहासिक चट्टान अभिलेख र चित्रको अध्ययन अनुसन्धान गरी संरक्षण गर्ने नगर प्रमुख जीवन खत्रीले बताए ।


प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?