Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

मालिकाको आलु ‘ब्रान्डिङ’ गरेर बजारमा


५ श्रावण, गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले रैथाने आलुलाई ‘ब्रान्डिङ’ गरी बजारमा ल्याएको छ ।

कृषि ज्ञान केन्द्रसँगको समन्वयमा रैथाने आलुलाई बजारमा ल्याइएको हो । ‘गाउँका कृषकले बजार पाउने, सहरका उपभोक्ताले गुणस्तर पाउने’ भन्ने मूल नाराका साथ स्थानीय पहिचानसँग जोडिएको रैथाने आलुको ब्रान्ड, लेबल र प्याकेजिङसहित आलु यही साउनको सुरुआतसँगै बजारमा पठाइएको हो । ज्ञान केन्द्र र पालिकाको ५०÷५० प्रतिशत लागत साझेदारीमा रैथाने तथा ढोरपाटनको बीउ रोपण गरी तीन सय टन आलु उत्पादन गरिएको छ ।

हालसम्म ब्रान्डिङ गरिएको आलुमध्ये ५० टनभन्दा बढी बिक्री भएको गाउँपालिकाका अध्यक्ष देविराम अर्यालले जानकारी दिए । अर्को वर्ष बुटबल र भैरहवामा चिस्यान केन्द्र स्थापना गरी तीन सय टन आलु बिक्री गर्ने लक्ष्य लिइएको अर्यालले बताए ।

मालिकाको रैथाने आलुमा व्यापारीले मिसावट नगरुन भनेर सदरमुकाम तम्घास, बुटबल र भैरहवाका निश्चित ठाउँबाट मात्रै बिक्रीको व्यवस्था मिलाइएको पालिकाले जनाएको छ । मालिकामा उत्पादन भएको आलु अन्यको भन्दा स्वादिलो भएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले बताए । मालिकामा वडा नं ३ ह्वाङ्दी, वडा नं ४ अर्खबाङ्ग लगायतका स्थानमा रैथाने आलु उत्पादन हुने गर्दछ ।

 


प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?