Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

मालिकाको आलु ‘ब्रान्डिङ’ गरेर बजारमा


५ श्रावण, गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले रैथाने आलुलाई ‘ब्रान्डिङ’ गरी बजारमा ल्याएको छ ।

कृषि ज्ञान केन्द्रसँगको समन्वयमा रैथाने आलुलाई बजारमा ल्याइएको हो । ‘गाउँका कृषकले बजार पाउने, सहरका उपभोक्ताले गुणस्तर पाउने’ भन्ने मूल नाराका साथ स्थानीय पहिचानसँग जोडिएको रैथाने आलुको ब्रान्ड, लेबल र प्याकेजिङसहित आलु यही साउनको सुरुआतसँगै बजारमा पठाइएको हो । ज्ञान केन्द्र र पालिकाको ५०÷५० प्रतिशत लागत साझेदारीमा रैथाने तथा ढोरपाटनको बीउ रोपण गरी तीन सय टन आलु उत्पादन गरिएको छ ।

हालसम्म ब्रान्डिङ गरिएको आलुमध्ये ५० टनभन्दा बढी बिक्री भएको गाउँपालिकाका अध्यक्ष देविराम अर्यालले जानकारी दिए । अर्को वर्ष बुटबल र भैरहवामा चिस्यान केन्द्र स्थापना गरी तीन सय टन आलु बिक्री गर्ने लक्ष्य लिइएको अर्यालले बताए ।

मालिकाको रैथाने आलुमा व्यापारीले मिसावट नगरुन भनेर सदरमुकाम तम्घास, बुटबल र भैरहवाका निश्चित ठाउँबाट मात्रै बिक्रीको व्यवस्था मिलाइएको पालिकाले जनाएको छ । मालिकामा उत्पादन भएको आलु अन्यको भन्दा स्वादिलो भएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले बताए । मालिकामा वडा नं ३ ह्वाङ्दी, वडा नं ४ अर्खबाङ्ग लगायतका स्थानमा रैथाने आलु उत्पादन हुने गर्दछ ।

 


प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?