Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

प्रहरीले बरामद गरेको टल्कने शिला गोरखकाली मन्दिरमा राख्न माग


५ श्रावण, गोरखा । गोरखा नगरपालिका–७, सतिपीपलस्थित एक घरबाट गत असार १४ गते बरामद गरिएको टल्कने शिला गोरखामै राख्न गोरखाका विभिन्न सङ्घसंस्थाहरुले माग गरेका छन् । अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको उक्त शिला वर्षौंदेखि एक घरमा पूजा गर्दै आएको पाइएपछि त्यसलाई गोरखकाली मन्दिर या गोरखनाथ मन्दिर परिषरमा राख्न माग गरिएको गुरु गोरक्षधाम सिद्धाश्रम केन्द्रका दिनेश दानीले उल्लेख गरे ।

“टल्किने ढुङ्गा गोरखाको पवित्र धार्मिकस्थल गोरखकाली र गोरखनाथ भूमिमै राख्नुपर्छ भनेर हामीले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र पनि बुझाइसकेका छौँ, उहाँले भन्नुभयो, “केन्द्रसहित जिल्लाभित्रका अन्य सङ्घसंस्थाहरुले पनि सो ढुङ्गा बाहिर जिल्लामा नपठाउन अनुरोध गरेका छन् ।” करिब ५४ किलोग्रामको टल्कने अलौकिक शिला कुनै पनि बहानामा गोरखा जिल्लाबाहिर नपठाई मूलधनीको इच्छाअनुसार गोरखकाली र गोरखनाथको पवित्र भूमिमा राख्नुपर्नेमा विभिन्न संस्थाहरुले माग गरेका हुन् । बिहीबार विभिन्न आठवटाभन्दा बढी सङ्घसंस्थाले प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई कार्यकक्षमै पुगेर ध्यानाकर्षणपत्रसमेत बुझाएका थिए ।

टल्कने शिला पूजाआजा र धर्मकर्ममा प्रयोग गरिरहेको अवस्थामा जिल्ला प्रहरीले बरामद गरेको थियो । “एकातिरबाट लाइट बाल्दा अर्कोतिर वारपार हुन्छ,” उक्त कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले भने, “बरामद गरिएको ढल्कने शिला चोरी गरिएको नभई पुख्र्यौली रुपमा घरमा राखिएको अवस्थामा पाइएको थियो ।”


प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?