Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

चट्याङमा परेर वडासदस्यको मृत्यु


५ श्रावण, रोल्पा । गए राति परेको चट्याङमा जिल्लामा एक वडासदस्यको निधन भएको छ । सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडासदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको सो घटनामा परी निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक घर्तीमगर आफ्नो कान्छो भाइको घरमा सुतेको बेला चट्याङमा परेको उक्त कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए । चट्याङमा परी अन्य ठाउँका केही व्यक्ति पनि घाइते भएकाले त्यस स्थानतर्फ प्रहरी जाँदै गरेको उनले बताए ।


प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?