Trending
>>   ‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस’ >>   एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी >>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु >>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार

प्रदेश समाचार


लुम्बिनी प्रदेशमा माओवादी केन्द्रको कार्यक्रम तीन चरणमा सञ्चालन गरिने

३२ श्रावण, लुम्बिनी । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशले तीन चरणमा ‘जनतासँग माओवादी रुपान्तरण विशेष अभियान’ सञ्चालन गर्ने भएको छ । पहिलोचरण आगामी भदौ १–१५, दोस्रो चरण भदौ १६–२५ र तेस्रो चरण भदौ २६ देखि मङ्सिर १५ मा विभिन्न कार्यक्रम आयोजना हुने लुम्बिनी प्रदेश कमिटिको बैठकले निर्णय गरेको छ । अभियानलाई

मुद्दा जितेपछि परिवार नै गाउँको बहिष्कारमा

३२ श्रावण, रूपन्देही । देवदह नगरपालिका–१२ ढोलबजवा बस्छन् शिव बिन्दु भुज । उमेरले करिब ६० काटेका भुजको परिवार अहिले सामाजिक बहिष्करणमा परेको छ । गाउँमै पसल भए पनि उनले पसलबाट केही खरिद गर्न पाउदैँनन् । गाउँमा उर्दी जारी भएको छ “भुजको परिवारलाई केही नदिनु, कोही नबोल्नु ।” शिवबिन्दुसँग बोल्ने गाउँलेलाई २५

दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स–रे सेवा सञ्चालन

३२ श्रावण, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा एक वर्षपछि एक्स–रे सेवा सञ्चालन भएको छ । मालिका, धवलागिरि र मङ्गला गाउँपालिकाका बासिन्दाले सेवा लिने केन्द्रमा रहेको एक सय एमए क्षमताको सादा एक्स–रे मेसिन बिग्रिएपछि विगत १२ महिनादेखि सेवा सञ्चालन हुन सकेको थिएन । केन्द्रका निमित्त प्रमुख

सर्पले डसेर ७४ वर्षीय वृद्धाको मृत्यु

३२ श्रावण, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१०, तुलसी टोलमा सर्पले डसेर एक वृद्धाको मृत्यु भएको छ । स्थानीय ७४ वर्षीया इन्द्रमाया श्रेष्ठको विषालु सर्पको टोकाईबाट मृत्यु भएको हो । उनलाई बुधबार राति घरमा सुतेकै ठाउँ गोमन सर्पले डसेको स्थानीयले बताएका छन् । श्रेष्ठलाई बुधबार राति १ बजेतिर सर्पले डसेपछि उपचारका लागि

दुनाटपरी बेचेर मनग्य आम्दानी

३२ श्रावण,  नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका– ९ वसन्तपुरका स्थानीयवासीले वनमा खेर जाने सालको पातबाट राम्रो आम्दानी गर्दै आएका छन् । नजिकैको वनबाट सालको पात टिपेर फुसर्दका समयमा घरमा नै बसेर दुनाटपरीका लागि पात तयार गर्ने गरेका छन् । मध्यविन्दु –९ का बृद्ध गोरे कुमालले  दुनाटपरी लगाएर

फिर्के खोलाको दायाँबायाँ गाडियो ५०० पिल्लर

३२ श्रावण, कास्की । कास्कीको पोखरास्थित बजारका मध्यभाग भएर बग्ने फिर्के खोलाको सिमाङ्कन अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिकाले खोलाको प्राकृतिक बहाव पत्ता लगाउने उद्देश्यले गत साउन ३ गतेदेखि सिमाङ्कन गर्न सुरु गरेको थियो । वडानं १७ बैदामस्थित गाईघाटबाट सुरु गरिएको सिमाङ्का वडानं १८ बेँसीटोल पुगेको छ । यस कार्यको

काठमाडाैँमा गुँला पर्व सुरू

३२ श्रावण, काठमाडाैँ । नेवार समुदायले मनाउने गुँला पर्व बिहीबारबाट सुरु भएको छ । साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रमा गर्ने गरिन्छ । यो पर्व विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने गर्छन् । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’

भोजपुर अदालतको भवन जीर्ण, अदालतको सेवा प्रवाहमा कठिनाइ

३२ श्रावण, भोजपुर । जिल्ला अदालत भोजपुरको भवन जीर्ण बन्दा सेवा प्रवाहमा कठिनाइ भएको छ । अदालतको ४१ वर्ष पुरानो भवनबाट हाल सेवा प्रवाह गर्न समस्या भएको छ । विसं २०४५ र २०७२ को भूकम्पका कारण भवन चर्किएको भए पनि यसैलाई मर्मत गरेर सेवा प्रवाह गरिँदै आएको अदालतका श्रेष्तेदार मोहन घिमिरेले

पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

३२ श्रावण, बागलुङ ।  भारी वर्षापछि पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर अवरुद्ध भएका छन् । लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका–४ कालापैरा तथा कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडक अवरुद्ध बनाएको हो । बुधबार साँझदेखि दुवै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी

गण्डकीमा ८० हजार पशुचौपायमा लम्पी स्किन

३२ श्रावण, पोखरा । पशुमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगले गण्डकी प्रदेशमा ७९ हजार नौ सय ८७ चार गाई, गोरु र भैँसी प्रभावित भएका छन् । यस रोगबाट २२ हजार चार सय ९४ पशुचौपाया निको भएका छन् । लम्पी स्किनबाट प्रदेशमा चार हजार पाँच सय ५४ पशुचौपाया मरेका छन् ।

सम्वन्धित समाचारहरु