Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

सर्पले डसेर ७४ वर्षीय वृद्धाको मृत्यु


३२ श्रावण, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१०, तुलसी टोलमा सर्पले डसेर एक वृद्धाको मृत्यु भएको छ । स्थानीय ७४ वर्षीया इन्द्रमाया श्रेष्ठको विषालु सर्पको टोकाईबाट मृत्यु भएको हो ।

उनलाई बुधबार राति घरमा सुतेकै ठाउँ गोमन सर्पले डसेको स्थानीयले बताएका छन् । श्रेष्ठलाई बुधबार राति १ बजेतिर सर्पले डसेपछि उपचारका लागि लालबन्दी १ स्थित नवलपुर सर्पदंश उपचार केन्द्रमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको स्थानीय गणेश श्रेष्ठले जानकारी दिए ।

सर्लाहीमा यो वर्ष विषालु सर्पले डसेर तीन जनाको मृत्यु भएको छ । यसअघि चन्द्रनगर गाउँपालिकाको मोहनपुरका एक बालक र बागमती नगरपालिकाको बसनियाँमा अर्का एक बालकको विषालु सर्पले डसेर मृत्यु भएको थियो ।

गर्मीयाममा विषालु सर्पको बिगबिगी हुने भएकाले घर छेउछाउ सरसफाई गर्न, राति बाहिर निस्कँदा बत्ती बालेर मात्रै हिँड्न, सुत्ने समयमा ओछ्यान राम्रोसँग हेर्न र झुलको प्रयोग गर्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।


प्रकाशित मिति: ३२ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?