Trending
>>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: ‘म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे?’ >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता >>   नेपालको बीमा दिगो छैनः स्वास्थ्यमन्त्री गौतम
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

सर्पले डसेर ७४ वर्षीय वृद्धाको मृत्यु


३२ श्रावण, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१०, तुलसी टोलमा सर्पले डसेर एक वृद्धाको मृत्यु भएको छ । स्थानीय ७४ वर्षीया इन्द्रमाया श्रेष्ठको विषालु सर्पको टोकाईबाट मृत्यु भएको हो ।

उनलाई बुधबार राति घरमा सुतेकै ठाउँ गोमन सर्पले डसेको स्थानीयले बताएका छन् । श्रेष्ठलाई बुधबार राति १ बजेतिर सर्पले डसेपछि उपचारका लागि लालबन्दी १ स्थित नवलपुर सर्पदंश उपचार केन्द्रमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको स्थानीय गणेश श्रेष्ठले जानकारी दिए ।

सर्लाहीमा यो वर्ष विषालु सर्पले डसेर तीन जनाको मृत्यु भएको छ । यसअघि चन्द्रनगर गाउँपालिकाको मोहनपुरका एक बालक र बागमती नगरपालिकाको बसनियाँमा अर्का एक बालकको विषालु सर्पले डसेर मृत्यु भएको थियो ।

गर्मीयाममा विषालु सर्पको बिगबिगी हुने भएकाले घर छेउछाउ सरसफाई गर्न, राति बाहिर निस्कँदा बत्ती बालेर मात्रै हिँड्न, सुत्ने समयमा ओछ्यान राम्रोसँग हेर्न र झुलको प्रयोग गर्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।


प्रकाशित मिति: ३२ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?