Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

दुनाटपरी बेचेर मनग्य आम्दानी


३२ श्रावण,  नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका– ९ वसन्तपुरका स्थानीयवासीले वनमा खेर जाने सालको पातबाट राम्रो आम्दानी गर्दै आएका छन् । नजिकैको वनबाट सालको पात टिपेर फुसर्दका समयमा घरमा नै बसेर दुनाटपरीका लागि पात तयार गर्ने गरेका छन् ।

मध्यविन्दु –९ का बृद्ध गोरे कुमालले  दुनाटपरी लगाएर जीविकोपार्जन गर्दै आएका छन् । उमेरले ७० काटिसकेका उनले भने “वनमा आफू जान सक्दिन, बुहारीहरुले ल्याएका पातबाट दुनाटपरी लगाएर यो उमेरमा आफूले सक्ने काम गर्दै आएको छु ।”

दुनाटपरीको आम्दानीबाट घरखर्च चलाउन सहज भएको उनले बताए । “आफूले जानेको सीपलाई घरमा नै बसेर पनि सदुपयोग गर्न सकिँदो रहेछ ,जाँगर र मन हुन परर्यो” उनले भने “वृद्ध उमेर भए पनि घरखर्च चलाउन छोरा बुहारीलाई गुहार्न परेन झन उनिहरुले कमाएको बचत हुन्छ, आफ्नो औषधिमुलो गर्न खर्च पुगेको छ ।”

यसरी तयार पारेको सामग्रीलाई व्यापारीले घरघरै लिन आउने हुँदा यहाँका स्थानीय यस कामलाई नै आम्दानीको स्रोत बनाएका छन् । यसबाट उनीहरुले आफ्नो घरका लागि आवश्यक सामानका खर्चसमेत टरेको स्थानीयवासी महिला अमृता मानन्धरले बताइन् । “घर नजिकै वन रहेकाले टाढा जानु पनि नपर्ने र घरको काम सकेर पनि यो काम गर्न सकिने भएकाले महिलालाई सहज भएको छ”उनले भनिन् ।

यस टोलका महिला वन खुलेको समयमा जाने र पात टिप्ने गर्छन् । एक सय  टपरीको एक मुठा हुन्छ । एक मुठाको रु एक सय ५० प्राप्त हुने स्थानीयवासीको भनाइ छ ।

सामुदायिक वनबाट पात टिपेरनै स्थानीयवासीलाई जीविकोपार्जन गर्न सहज भएपछि वनमा पात टिप्नका लागि छुट्टै समय छुट्याएको जनप्रतिभा सामुदायिक वनका अध्यक्ष लोकबहादुर कुमालले बताए । “वनको संरक्षणलाई पनि ध्यानमा राखेर सालको पात टिप्नका लागि दैनिक समय निर्धाराण गरेका छौँ” उनले भने ।

विभिन्न पूजा, विवाह, वर्तबन्धलगायतका शुभ कार्यमा शुद्ध मानिने भएकाले पनि सालको पातबाट बनेका टपरी, दुनाको माग बढ्दो छ । पातबाट निर्माण गरिएको दुनाटपरी स्थानीय बजारसँगै नारायणगढ, पोखरा, काठमाडाँै, वुटबललगायतका सहरमा निर्यात हुने गरेका स्थानीयवासी उनले बताए ।


प्रकाशित मिति: ३२ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?