Trending
>>   कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू >>   कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाइनु हुन्नः कल्याण श्रेष्ठ >>   दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपील >>   निर्वाचनका लागि मतदाताहरु उत्साही >>   नौविसे-नागढुंगा सडक खण्डको काम अन्तिम चरणमाः ८५ प्रतिशत सम्पन्न >>   इरानमाथि सम्भावित हमला भएमा टप जनरलले नेतृत्व गर्नेछन् : ट्रम्प >>   दिल्लीतर्फ जाँदै गरेको एयर एम्बुलेन्स झारखण्डमा दुर्घटनाः ७ जनाको मृत्यु >>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा >>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा
Logo
१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार

प्रदेश समाचार


नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

२३ श्रावण, चितवन। अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । आज बिहान ५ः२० बजे खसेको पहिरो पन्छ्याएपछि दिउँसो २ः२० बजेबाट सडकखण्ड दुईतर्फीरुपमा सञ्चालनमा आएको हो । इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा पहिरो खसेसँगै सडकमा सवारी आवतजावत अवरुद्ध भएको थियो । बिहान ११ बजेबाट एकतर्फी सञ्चालनमा आएको सडक दिउँसोबाट पूर्णरुपमा सञ्चालनमा आएको

मधेस प्रदेशमा घट्दैछ विद्युत् चुहावट

२३ श्रावण, जनकपुर । मधेस प्रदेशमा आर्थिक वर्ष २०७८/७९ मा दुई दशमलव ६९ प्रतिशत विद्युत् चुहावट घटेको छ । विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको विलिङमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विद्युत् रिडिङमा सुधारलगायत प्राधिकरणको प्रणाली सुदृढिकरण भएसँगै निरन्तर विद्युत् चुहावट घट्दै गएको हो । आर्थिक वर्ष

टल्कने ढुङ्गा परीक्षण गर्न भूगर्भविद्को टोली गोरखामा

२३ श्रावण, गोरखा । गोरखा नगरपालिका-७, सतिपिपलस्थित एक घरबाट बरामद् गरी जिल्ला प्रहरी कार्यालय गोरखामा विशेष सुरक्षासहित राखिएको टल्कने ढुङगा परीक्षणका लागि खानी तथा भूगर्भ विभागको भूगर्भविद् सहितको टोली गोरखा आइपुगेको छ । स्थानीयसहित विभिन्न सङ्घ संस्थाले बरामद् गरेको उक्त टल्कने ढुङ्गा अन्यत्र नपठाउन अनुरोध गरेपछि ढुङ्गा परीक्षणका लागि भूगर्भविद् सहितको

खोलाको पानी गाउँ पस्दा एक दर्जन घर डुबानमा

२३ श्रावण, वीरगञ्ज । अबिरल वर्षाका कारण वीरगञ्ज महानगरपालिका–३० लालपर्सा र प्रसोतिपुरको एक दर्जन घर डुबानमा परेका छन् । स्थानीय भेडाहा खोलाको पानी गाउँमा पस्दा लालपर्सा, प्रसोतिपुरलगायत गाउँका एक दर्जन घर डुबानमा परेको स्थानीयले बताएका छन् । यद्यपि आज बिहानदेखि पानीको सतह घट्दै गएको छ । बस्ती डुबानमा परेपछि प्रतिनिधिसभाका सदस्य

एउटै बसको ठक्करले १० गाई र गोरु मरे

२३ श्रावण, कपिलवस्तु । कपिलवस्तुको पूर्व पश्चिम राजमार्गको खारखानीमा बसको ठक्करबाट १० छाडा चौपया मरेका छन्। मङ्गलबार राति अन्दाजी २ बजे काठमाडौंबाट दाङ जाँदै गरेको बा प्र ०१००६ ख ५१७१ नम्बरको यात्रु बसको ठक्करले ५ गाई र ५ गोरु मरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीन घलेले जानकारी दिए।

दार्चुलाको आकाशमा निरन्तर चक्कर लगाउँदै भारतीय हेलिकप्टर

२३ श्रावण, दार्चुला । दार्चुलाको आकाशमा भारतीय हेलिकप्टरले चक्कर लगाइरहेको पाइएको छ। पछिल्ला केही दिनयता भारतीय हेलिकप्टर नेपाली आकाशमा उडिरहेको छ । खलंगामा रहेको नेपाली सेनाको गुरु गोरख गुल्म, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको ४४ नम्बर गण हेडक्वाटरलगायतका सुरक्षा निकाय तथा संवेदनशील क्षेत्रमाथि हेलिकप्टर उडेको बताइएको छ ।

अव्यवस्थित विकासले बर्खामा सकस

२३ श्रावण, बागलुङ । बागलुङमा हरेक वर्ष हिउँद लाग्नासाथ नयाँ–नयाँ ठाउँमा सडकको ‘ट्र्याक’ खुल्छन् । ट्र्याक खुलेका सडकमा वर्षौंसम्म गाडी गुड्दैनन् । बर्खा लाग्यो भने ती सडक भत्किएर बग्छन् । बस्तीमाथि रहेका सडकले त झन् सिङ्गो गाउँलाई नै जोखिममा पर्ने गर्दछन् । जिल्लाका दुर्गम तथा सुगम क्षेत्रका ग्रामीण सडक बन्द भएको

बाढीले बगायो नेपाल-भारत सीमास्तम्भ

२३ श्रावण, कैलाली । कैलालीको मोहना नदीमा आएको बाढीले नेपाल–भारत सीमास्तम्भ बगाएको छ । बाढीले धनगढी उपमहानगरपालिका–९ स्थित भैंसीघाटमा रहेको एउटा सीमास्तम्भ बगाएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । ७४८-३ नम्बरको सो सीमास्तम्भ पहिल्यैदेखि कटानको जोखिममा थियो । कटानको जोखिममा परेको सीमास्तम्भ जोगाउनका लागि नेपाल, भारत

कुईकाल्ले देवीको मूर्ति चोरी

२३ श्रावण, अछाम । अछामको धार्मिक आस्थाको केन्द्र मानिने कुईकाल्ले देवीको मूर्ति गायब भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–८ बारलामा रहेको मन्दिरबाट मूर्ति गायब भएको वडा अध्यक्ष छत्रबहादुर शाहीले जानकारी दिए । जिल्लाकै प्रमुख धार्मिक आस्थाको रूपमा हेरिने कुईकाल्ले भगवतीको मन्दिरमा गत वर्षको जनैपूर्णीमाको दिन पूजापाठ गरेर फर्किँदासम्म मन्दिरमै

पहिरोका कारण भासियो भीमदत्त राजमार्ग

२३ श्रावण, काठमाडाैँ । तीन दिनदेखि परेको लगातार वर्षाका कारण भीमदत्त राजमार्गमा पहिरो गएपछि अवरुद्ध भएको छ । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गअन्तर्गत कैलालीको खानीडाडास्थित सेल्फीडाँडामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । पहिरोले सडक पूरै भासिएपछि यात्रुहरु अलपत्र परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले डोजरको प्रयोगले अहिले

सम्वन्धित समाचारहरु