Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

खोलाको पानी गाउँ पस्दा एक दर्जन घर डुबानमा


२३ श्रावण, वीरगञ्ज । अबिरल वर्षाका कारण वीरगञ्ज महानगरपालिका–३० लालपर्सा र प्रसोतिपुरको एक दर्जन घर डुबानमा परेका छन् । स्थानीय भेडाहा खोलाको पानी गाउँमा पस्दा लालपर्सा, प्रसोतिपुरलगायत गाउँका एक दर्जन घर डुबानमा परेको स्थानीयले बताएका छन् ।

यद्यपि आज बिहानदेखि पानीको सतह घट्दै गएको छ । बस्ती डुबानमा परेपछि प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वस्तीको स्थलगत निरीक्षण गरेका छन् ।

स्थलगत निरीक्षण गर्दै पूर्वमन्त्री यादवले भेडाहा खोलामा ड्याम लगाइए मात्रै यहाँ हुने डुबानको समस्या समाधान हुने र त्यसका लागि स्थानीयले नै सहयोग गर्नुपर्ने बताए । डुबानको समस्या दीर्घकालीन रुपमा समाधानका लागि भेडाहामा ड्याम लगाउने काम अघि बढेको र केही व्यक्तिका कारण अवरोध हुँदा ढिलाइ हुनपुगेको भन्दै चाँडै सम्पन्न गराउन लागि परेको महानगर प्रमुख सिंहले जानकारी दिए ।

तत्काललाई पानी निकासा हुने गरी व्यवस्था मिलाउने र डुबानमा परेकाका लागि उचित राहतको ब्यवस्था मिलाइने उनको भनाइ छ । भेडाहा खोलाको बाढी वीरगञ्जको सिर्सिया नदीमासमेत छरिएर आइपुगेको छ ।


प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?