Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

एउटै बसको ठक्करले १० गाई र गोरु मरे


२३ श्रावण, कपिलवस्तु । कपिलवस्तुको पूर्व पश्चिम राजमार्गको खारखानीमा बसको ठक्करबाट १० छाडा चौपया मरेका छन्।

मङ्गलबार राति अन्दाजी २ बजे काठमाडौंबाट दाङ जाँदै गरेको बा प्र ०१००६ ख ५१७१ नम्बरको यात्रु बसको ठक्करले ५ गाई र ५ गोरु मरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीन घलेले जानकारी दिए।

बुद्धभूमि र बाणगङ्गा नगरपालिकाको सीमा क्षेत्रमा भएको दुर्घटनामा अन्य चार गाईगोरु घाइते भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ।

मरेका गाईगोरुलाई बुद्धभूमि नगरपालिकाको सहयोगमा गाड्ने तयारी भएको प्रहरीले जनाएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ। घाइते पशुलाई उपचार गरिएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले बताए।


प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?