Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

इरानमाथि सम्भावित हमला भएमा टप जनरलले नेतृत्व गर्नेछन् : ट्रम्प


एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त प्रमुख कर्मचारीका अध्यक्ष जनरल डान काइनले इरानमाथि सम्भावित सैन्य हमलाको नेतृत्व गर्ने बताउनुभएको छ । यदि उनलाई त्यसको आदेश दिइयो भने उनले नै तेतृत्व सम्हाल्ने बताउनु भयो । ट्रम्पले इरानसँग सम्झौता गर्नु नै राम्रो हुने उहाँको भनाइ छ ।

यसअघि सोमवार वाशिंगटन पोस्टले रिपोर्ट गरेको थियो कि गत हप्ता ह्वाइट हाउस बैठकमा जनरल काइनले इरानमाथि हमला गर्दा महत्वपूर्ण हतियार तथा गोला बारुदको कमी र सहयोगी देशहरूबाट समर्थन नहुन सक्ने कुराले अमेरिकी सेनालाई ठूलो जोखिममा पार्नसक्ने चेतावनी दिनुभएको थियो । स्रोतहरूकाअनुसार उहाँले लामो समयसम्म चल्ने द्वन्द्व र क्षेत्रीय प्रभावहरूको जोखिम पनि औंल्याएका थियो । जनरल काइनको कार्यालयले शुक्रवार जारी गरेको वक्तव्यमा भनेको छ कि राष्ट्रपतिको प्रमुख सैन्य सल्लाहकारको रूपमा अध्यक्षले नागरिक नेतृत्वलाई विभिन्न सैन्य विकल्पहरू, तिनका प्रभावहरू, जोखिमहरू र अन्य विचारहरू उपलब्ध गराउँछन् ।

अमेरिका र इरानबीच नयाँ चरणको वार्ता बिहीवार जेनेभामा तय भएको छ । यो वार्ताले इरानको आणविक कार्यक्रम, युरेनियम संवद्र्धन स्तर र प्रतिवन्धहरू हटाउने विषयमा केन्द्रित हुने अपेक्षा गरिएको छ । तर अघिल्ला दुई चरणका वार्ताहरूमा खासै प्रगति देखिएको छैन ।

ट्रम्प प्रशासनले इरानसँग आणविक सम्झौता गर्न चाहेको तर आवश्यक परे सैन्य विकल्प पनि तयार राखेको संकेत गरेको छ । जनरल काइन ट्रम्पका प्रमुख सैन्य सल्लाहकार हुन् र उनी इरानसँग सम्बन्धित मुद्दामा प्रभावशाली भूमिकामा छन् ।


प्रकाशित मिति: १३ फाल्गुन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?