Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२८ पुष २०८२, सोमबार
२८ पुष २०८२, सोमबार

प्रदेश समाचार


तय भयो मधेशमा एमालेको जिल्ला अधिवेशन र प्रतिनिधि परिषद् बैठकको मिति

काठमाडौं। मधेशका आठ वटै जिल्ला कमिटीको जिल्ला परिषद् र जिल्ला अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको छ । नेकपा एमाले मधेश प्रदेश कमिटी कार्यालयका पदाधिकारीको जनकपुरधाममा बसेको बैठकले सो निर्णय गरेको हो । उक्त बैठकले जिल्ला प्रतिनिधि परिषद्को बैठकसमेत तय गरेको छ । रौतहटको माघ १८, बाराको माघ २०, पर्साको माघ

प्रदेश नामकरणबारे आन्दोलनरत पक्षसँग वार्ता गर्ने सरकारको तयारी

काठमाडौं। कोशी प्रदेश सरकारले प्रदेश नामकरणमा असन्तुष्ट पहिचान पक्षधरसँग वार्ता प्रक्रिया अघि बढाउने भएको छ । गत शनिबार प्रदेश सरकारले वार्ताका लागि समिति गठन गरेको थियो । उक्त समितिले पहिचान पक्षधरसँग वार्ता गर्ने तयारी गरेको हो । त्यस्तै, सरकारी वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुले पहिचान पक्षधरसँग

धार्चेमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण

गोरखा। उत्तरी गोरखाको धार्चे गाउँपालिकामा निस्सा वितरण गर्न सुरुआत गरिएको छ । पालिकाभित्र रहेका अव्यवस्थित बसोबासीलाई शुक्रबारदेखि निस्सा वितरण गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिएका छन् । त्यस्तै, लामो समयदेखि अव्यवस्थित रहेका बसोबासीलाई राष्ट्रिय भूमि आयोगले गाउँपालिकामार्फत निस्सा वितरण गरेको उनले बताए । ‘गाउँपालिकामा वडा नम्बर ७

आकाशे पुलमा व्यानर राखेर दृश्य प्रदुषण गरेको भन्दै काठमाडौं महानगरले गर्‍यो ५० हजार जरिवाना

काठमाडौं। आकाशे पुलमा व्यानर लगाएर दृश्य प्रदुषण गरेको भन्दै काठमाडौं महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । उक्त महानगरपालिकाले त्यसरी व्यानर राखेर लामो समयसम्म पनि नहटाउने इन्नोभेटिभ कन्सेप्ट प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरी पुलमा राखिएको व्यानर जफत गरेको छ । त्यस्तै, महानगर प्रहरीले प्रशासनिक दण्ड, जरिवाना र जफत

बौद्ध दर्शन अध्ययन टोलीलाई राष्ट्रपति पौडेलकाे बिदाइ

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले ४६ औं बौद्ध दर्शन अध्ययन भ्रमण टोली–२०८० का चार महत्त्वपूर्ण बौद्ध तिर्थस्थलको भ्रमणमा सहभागी २९ जना धर्मगुरुहरूलाई आइतबार राष्ट्रपति भवन शीतलनिवासमा प्रमाणपत्र प्रदान गर्नुभयो । उहाँले सहभागीहरुलाई धन्यवाद दिँदै सो प्रमाणपत्र प्रदान गर्नुभयो । भ्रमणमा निस्कनु अघि सो टोलीलाई राष्ट्रपति पौडेलले बिदाइ गर्नुभएको थियो ।

जाजरकोट भूकम्पः रुकुम पश्चिममा १६ हजार अस्थायी आवास निर्माण

त्रिवेणी,रुकुम पश्चिम। गत कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्‍याएका रुकुम पश्चिममा अस्थायी आवास निर्माण जारी छ हालसम्म जिल्लाभर १६ हजार तीन सय ४६ अस्थायी आवास निर्माण सम्पन्न भएका छन् । भूकम्प गएको दुई महिना भन्दाबढी समय वितिसक्दा पनि सबै भूकम्पपीडित अस्थायी आवासमा सर्न सकेका छैनन्

बागलुङका एउटै पालिकामा एक सय ११ क्षयरोगी

गलकोट,बागलुङ। बागलुङमा क्षयरोगीको सङ्ख्यामा वृद्धि भएको छ । बागलुङमा क्षयरोगको सङ्क्रमणलाई शुन्यमा झार्ने लक्ष्य राखेको स्वास्थ्य कार्यालयलाई एउटै पालिकामा एक सय ११ क्षयरोगी भेटिएपछि चुनौती थपिएको छ । स्वास्थ्य कार्यालयले जिल्लाको बडिगाड गाउँपालिकामा सो सङ्ख्यामा क्षयरोगी फेला परेपछि उनीहरुको उपचार गर्न थालिएको जनाएको छ । उक्त कार्यालयका क्षयरोग निरीक्षक देवप्रकाश

बोधिभञ्ज्याङमा ‘एक घर-एक धारा’ जडान

वालिङ,स्याङ्जा। स्याङ्जाको वालिङ नगरपालिका–१३ बोधिभञ्ज्याङका एक सय ४२ घरधुरीमा ‘एक घर एक धारा’ जडान गरिएको छ । उक्त गाउँभन्दा धेरै टाढाबाट यसअघि ल्याइएको खानेपानीमा समस्या आएपछि गण्डकी प्रदेश सरकारको सहयोगमा गाउँमा खानेपानी पुर्‍ याइएको हो । त्यस्तै, बोधिभञ्ज्याङ मूल संरक्षण तथा खानेपानी आयोजनाअन्तर्गत आँधीखोलाको किनारमा रहेको मुलबाट पानी तानेर गाउँमा

काठमाडौं महानगरपालिकामा बढ्यो करदाताको सङ्ख्या

काठमाडौं। पछिल्लो समय काठमाडौं महानगरपालिकामा करदाताको सङ्ख्या बढेको छ । गत आर्थिक वर्षमा तीन लाख २४ हजार एक सय २० करदाता रहेकामा चा.लु आवमा तीन लाख ४३ हजार तीन सय ४० पुगेको कामपा राजस्व विभागका प्रमुख धु्रव काफ्लेले जानकारी दिएका छन् । उनका अनुसार ३५ हजार ५७ बहाल करदाता, ३१

गणतन्त्रमा राजा लेख्ने कार्य संविधानविपरीतः प्रदेश मन्त्री श्रेष्ठ

काठमाडौं। बागमती प्रदेशका आन्तरिक मालिमा तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले गणतान्त्रिक मुलुक नेपालमा कसैलाई राजा भनी लेख्ने कार्य संविधानविपरीत भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा मकवानपुरको हेटौँडामा आयोजना गर्न लागिएको कार्यक्रममा त्यससम्बन्धी ब्यानर लेखिएकाले उक्त ब्यानर हटाउन निर्देशन दिइएको श्रेष्ठले स्पष्ट पारेका छन् । उनले भने, “राजा लेखेको ब्यानर सच्याएर

सम्वन्धित समाचारहरु