त्रिशूली (नुवाकोट)। लिखु गाउँपालिका–६ छहरेमा मिनीट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाका अनुसार टोखा–छहरे सडकमा गए राति भएको दुर्घटनामा तादी गाउँपालिका–३ का ३५ वर्षीय विनोद चौलागाईँको मृत्यु भएको हो । दुर्घटनामा तादी–३ का राजाराम
काठमाडौँ । तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । सर्वोच्च अदालत प्रशासनले निकालेको सूचनामा भनिएको छ, “दीपावली, २०८१
काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने प्रक्रिया सुरु गर्नेछ।
महोत्तरी । दीपावली पर्वले मिथिलाञ्चललगायत मधेसका अधिकांश क्षेत्रको वातावरण उल्लसमय भएको छ । कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने उज्यालोको पर्व दीपावली र त्यसलगत्तै आउने छठ पर्वको तयारीले मधेसको महोत्तरीसहित मिथिलाञ्चल क्षेत्र अहिले पर्वमय बनेको हो । मिथिलामा आज दीपावलीको पहिलो दिन ‘धनतेरस’ मनाइँदै छ । धनतेरससँगै यस
मुस्ताङ। मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो लागेको छ। यस वर्षको सोह्रश्राद्धमा देशभर बाढी पहिरोले सडक अवरुद्ध भएपछि कागबेनीमा श्राद्ध गरेर पितृतर्पण गर्न आउन नपाएकाहरू दसैंलगत्तै आउन थालेका हुन्। कागबेनीस्थित कालीगण्डकी नदी किनारको श्राद्धस्थलमा पितृतर्पण गर्नका लागि दैनिक सयौँको सङ्ख्यामा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ।
काठमाडौं । सूर्यदर्शन सहकारीमा बचतकर्ताले राखेको रकम गोर्खा मिडिया नेटवर्कमार्फत अनियमितता गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेको मोबाइल परीक्षणका लागि प्रहरीले डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले केही दिनअघि उनको मोबाइल जाँचका लागि प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाएको हो
काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गका विभिन्न सडकखण्डको पुनःनिर्माणका लागि सडक डिभिजन कार्यालय भक्तपुर जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को निर्णयको पर्खाइमा बसेको छ । कार्यालयले केही दिनमै जाइकाको निर्णय आउने भएकाले निर्णय आएलगत्तै पुनःनिर्माणको काम थालिने जनाएको छ ।
बारा। विश्व प्रसिद्ध गढीमाई पञ्च बर्षीय मेला विधिवत रूपमा शुरु भएको छ । बाराको महागढीमाई नगरपालिका १ बरियारपुर स्थित विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मन्दिरमा बड़ा दशैंको घटस्थापनाको दिन पूजा भएसँगै मेला सुरु भएको हो । मेला सुरुहुनु केहीदिन अघि मेलाको वैभवको रुपमा शोभायात्रा निकालिएको थियो । मन्दिर परिसरबाट बाजा गाजा
काठमाडौं । बम राखिएको हल्लापछि करिब तीन घण्टा रोकिएको भिस्टारा एयरवेजको जहाज खरामुक्त रहेको प्रमाणित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै रोकिएको भिस्टाराको जहाज अब भारत नयाँदिल्लीका लागि उडान गर्ने क्रममा छ ।
काठमाडाैं । नयाँदिल्लीबाट आएको भिस्टारा एयरवेजको जहाजमा ‘बम’ राखेको सूचना आएपछि सेनाले चेकजाँच गरिरहेको छ। नेपाली सेनाले ह्यान्डब्याग चेक गरेर यात्रुलाई झारिसकेको र अहिले कार्गो तथा लगेज चेकजाँच भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए । साढे दुई बजे दिल्लीबाट १५७ यात्रु बोकेर आएको विस्ताराको १५५ फ्लाइट