Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

दिगो,आधुनिक विकास निर्माण आवश्यक छः उपप्रधानमन्त्री सिंह


काठमाडौँ ।उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले आधुनिक विकास निर्माणलाई नेपालीकरण सहितको दिगो बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।बिहीवार काठमाडौंमा ‘आर्कविल्ड एक्स्पो २०२४’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो । उहाँले नेपाल अहिले तिब्र शहरीकरणबाट गुज्रिरहेको बताउनु भयो । उहाँले आधारभुत र उत्थानशील पूर्वाधार निर्माणमा स्वदेशी तथा विदेशी ठूलो लगानी, विज्ञता र प्रविधिको आवश्यकता औंल्याउनु भयो । उहाँले नेपालको विविधतायुक्त भुगोल, पर्यावरण र सामाजिक सांस्कृतिक परिवेशमा पूर्खाको ज्ञान र पौरखले सिर्जित ऐतिहासिक र परम्परागत बस्ती, स्थानीय मौलिक वस्तुकला, निर्माणशैली र मूर्त, अमूर्त सम्पदाहरु नेपालको ठूलो सम्पती भएको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय जलवायु परिवर्तन एवं अन्य विपद्का घटनाहरुमा बढोत्तरी भई विकास निर्माणलाई ओझेलमा पारेको बताउनु भयो । विनशकारी प्रभावहरु बढिरहेको उल्लेख गर्दै शहरहरु र समुदायहरुको दिगो भविष्य सुनिश्चित गर्न समाधानका उपायहरुको खोजि आजको चुनौति रहेको रहेको समेत बताउनु भयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘नेपालको संविधान लागू भएर देशको संघीय ढाँचामा पुनःसंरचना पश्चात् नेपाल आधुनिक विकास प्रयासमा अगाडि लम्किरहेको छ । विकास प्रयासमा खासगरी आधारभुत र उत्थानशील पूर्वाधार निर्माणमा स्वदेशी तथा विदेशी ठूलो लगानी, विज्ञता र प्रविधिको आवश्यकता रहेको छ । अर्कोतर्फ हालको वर्षहरुमा जलवायु परिवर्तन एवं अन्य विपद्का घटनाहरुमा बढोत्तरी भई विकास प्रयासलाई ओझेलमा पार्नेगरी विनासकारी प्रभावहरु बढेर गएका छन् । यस परिपेक्षमा हाम्रा सहरहरु र समुदायहरुको दिगो भविष्य सुनिश्चित गर्ने समाधानका उपायहरु खोजि गर्न आजको चुनौति रहेको छ । नेपालको विविधतायुक्त भुगोल, पर्यावरण र सामाजिक सांस्कृतिक परिवेशमा पूर्खाको ज्ञान र पौरखले सिर्जित ऐतिहासिक र परम्परागत बस्ती स्थानीय मौलिक वस्तुकला, निर्माणशैली र मूर्त, अमूर्त सम्पदाहरु हाम्रो ठूलो सम्पती हुन् । यिनले स्थानीय स्रोत साधन र सीपको समुचित उपयोग, रोजगारी सिर्जना र पर्यटकीय लाभसहित आवश्यक आर्थिक अवसरहरुको सिर्जना गर्दै आइरहेका छन् । तर अहिलेको निर्माण पद्धतिहरुमा मौलिकताको पक्ष ओझेलमा पर्दै गएको देखिन्छ । नेपाली पहिचानको धरोहरको रुपमा रहेको नेपाली वस्तुकला र निर्मित वातावरणको गौरवमय इतिहासलाई कायम राख्दै आधुनिक विकास निर्माणलाई नेपालीकरणसहितको दिगो बनाउनुपर्ने आवश्यकता महशुस गरेको छु । नेपाल अहिले तिब्रतर शहरीकरणको प्रक्रियाबाट गुज्रिरहेको छ । गाउँबाट मानिसहरु अवसरको खोजिमा शहरमा बसाईंसराई गर्ने प्रवृत्ति बढ्दो छ । विश्व परिवेशलाई हेर्दा शहरीकरणलाई रोक्न नसकिने र यसको व्यवस्थापनको विकल्प नरहेको देखिएको छ ।’योजनावद्ध शहरी विकास, भूउपयोग, भौतिक विकासको नियमन र रणनीतिक हिसावले एकीकृत पूर्वाधारमा लगानी नसकिएको खण्डमा भविष्यमा गम्भिर आर्थिक, सामाजिक र वातावरणीय असरहरु पर्ने उहाँको भनाइ छ ।


प्रकाशित मिति: २० मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?