Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन


अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन

काठमाडौँ । नेपाली काँग्रेसले नेता पूर्णबहादुर खड्कालाई अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न सचेत गराएको छ ।

बुधवार पार्टी मुख्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय अनुशासन समितिको बैठकले नेता खड्काले चैत्र १४ गते कार्यवाहक सभापतिको हैसियतमा नक्कली लेटरप्याड प्रयोग गरी अनधिकृत रुपमा वक्तव्य जारी गरेको निष्कर्ष निकाल्दै आइन्दा त्यसो नगर्न सचेत गराएको हो । नेता खड्काले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको विरोध गर्दै कार्यवाहक सभापतिको रुपमा वक्तव्य जारी गरेका थिए । त्यो कार्य अनधिकृत भएकाले त्यसो नगर्न नेता खड्कालाई सचेत गराउने निर्णय गरिएको समितिका संयोजक तारामान गुरुङले जानकारी दिएका छन् । उनले त्यस्ता खालका गतिविधि तत्काल बन्द नभए पार्टीको विधान र प्रचलित कानून बमोजिम पार्टीका जो कोही नेतालाई पनि कारबाही गरिने चेतावनी समेत दिएका छन् । बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का सन्दर्भमा पार्टीका सदस्यहरुले अनुशासन उलंघन गरेका भए सो को उजुरी २०८२ चैत्र मसान्त भित्र नेपाली काँग्रेस केन्द्रिय अनुशासन समितिमा पठाउन पनि सिंगो पार्टी पक्तिलाई निर्देशन दिएको छ ।

संयोजक गुरुङले भने, ‘निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र प्रश्तावक र समर्थक बसेका उहाँहरुको बारेमा निर्वाचनमा पार्टीका उम्मेदवार विरुद्ध प्रचारप्रसारमा प्रत्यक्ष सहभागी भएका, पार्टी उम्मेदवारका विरुद्ध प्रत्यक्षरुपमा विपक्षलाई टेवा पु¥याएका, निर्वाचनमा नेपाली काँग्रेसलाई मत नमागी साईलेन्स बसेका नेपाली काँग्रेसबाट जनप्रतिनिधि निर्वाचित भई प्रतिनिधि सभाको निर्वाचनमा विपक्षलाई सहयोग गरेकाहरुको निर्णय गरेका छौँ । अर्को छानविनबाट वर्गीकरण गरिएका उजुरीको हकमा अनुशासन उल्लंघन गरेको भनि आरोप लागेका व्यक्तिहरुबाट ७ दिनभित्र स्पष्टीकरण सफाई माग गर्ने निर्णंय गर्दछ । विभिन्न सञ्चार माध्याम तथा सामाजिक सञ्जालहरुमा नेपाली काँग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनि मिति २०८२ चैत्र १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकाले सचेत गराइन्छ । साथ अब उप्रान्त यस किसिमको गलत काम गर्ने जो कोही व्यक्ति उपरनेपाली काँग्रेसको विधान २०१७ संशोधनसहित र प्रचलित नेपाल कानून बमोजिम कारबाही प्रक्रिया अघि बढाइने निर्णय गर्दछ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का सन्दर्भमा पार्टीका सदस्यहरुले अनुशासन उलंघन गरेका भए सो को उजुरी २०८२चैत्र मसान्त भित्र नेपाली काँग्रेस केन्द्रिय अनुशासन समितिमा पठाउन निर्देशन गर्दछ । ततपश्चात प्राप्त हुन आएको उजुरीहरु उपर कुनै कारबाही गरिने छैन । यी निर्णयहरु गरेका छौँ ।’

अनुशासन समितिले निर्वाचनको पार्टीको अनुशासन विपरितका गतिविधि गरेकाहरुलाई ७ दिन स्पष्टिकरण दिन पनि निर्देश गरेको छ । निर्वाचनको क्रममा पार्टीको हित विपरित लागेका भनिएकाहरुलाई स्पष्टिकरण दिन सो समय दिइएको पनि संयोजक गुरुङले बताएका छन् ।


प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?