Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

भैरहवा विमानस्थल स्थायी सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्छः मुख्यमन्त्री आचार्य


काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भैरहवा विमानस्थल स्थायी रुपमा सञ्चालनको लागि प्रदेश सरकारले पहल गर्ने बताएका छन् ।

बिहीवार लुम्बीनीमा भएको ‘लुम्बीनीमा लगानी अवसर र चुनौति’ विषय कार्यशाला गोष्टीमा बोल्दै मुख्यमन्त्री आचार्यले विमानस्थल सञ्चालनको लागि केन्द्र सरकारसँग समन्वय गर्ने बताएका हुन् । उनले केही सरकारी कर्मचारीले सरकारको नीति भन्दा बाहिर गएर विमानस्थल सञ्चालन गर्न नसकिने भने पनि सरकार विमानस्थल सञ्चालनमा पछाडी नहट्ने बताए ।

उनले केन्द्र सरकारले श्रमिकको स्वास्थ्य परीक्षण,भिषा र श्रम स्वीकृत लुम्बीनीबाट गर्ने वातावरण तत्काल मिलाउन जरुरी रहेको बताएका छन् । उनले प्रदेश सरकार भैरहवा विमानस्थल स्थायी रुपमा सञ्चालन गर्न प्रतिवद्ध रहेको बताए । उनले प्रदेश सरकारले स्वास्थ्य परीक्षण,श्रम स्वीकृत र भिषा स्वीकृतको लागि सम्बन्धित निकायहरुमा पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनले लुम्बिनी क्षेत्रमा उद्योग स्थापनाको लागि लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताएका छन् । उनले निजी क्षेत्रलाई लगानी सहजिकरणको लागि सहयोग गर्न प्रदेश सरकार आतुर रहेको उल्लेख गरे । उनले लगानीको लागि नीतिगत र कानूनी रुपमा समस्या भए समस्या समधान गर्न आफूहरु तयार रहेको बताएका छन् ।

उनले लुम्बीनी प्रदेशमा लगानी गर्ने उद्योगी व्यवसायीहरु दिल खोलेर लगानी गर्न आग्रह गर्नुभयो । उहाँले पछिल्लो समय उद्योगी व्यवसायीहरु उद्योग खोल्ने भन्दा पनि शेयर बजारमा लगानी गर्नेतर्फ आकर्षित भएको देखिएको भन्दै शेयर बजारमा केन्द्रित लगानीले देश विकास हुन नसक्ने दाबी गरे ।


प्रकाशित मिति: १४ मंसिर २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?