Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

प्रदेश समाचार


काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोड बजेट

१० असार, काठमाडाैँ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट विनियोजन गरेको छ। आइतबार राष्ट्रिय सभागृहमा उपप्रमुख एवम् बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सुनिता डङ्गोलले सार्वजनिक गर्नुभएको बजेटमा चालुतर्फ आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार र

इस्मा गाउँपालिकामा निःशुल्क ‘स्यानिटरी प्याड’ वितरण गरिने

१० असार, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क वितरण गर्ने भएको छ । आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रममा नै समेटेर महिनावारी हुने उमेरका सबै महिलाका लागि निःशुल्क स्यानिटरी प्याडको व्यवस्था गर्न लागिएको गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताइन् । उनका अनुसार गाउँपालिकाभित्रका सबै महिलाका

काठमाडाैँको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु

१० असार, काठमाडाैँ । काठमाडाैँको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ। कागेश्वरी मनोहरा नगरपालिका-७ स्थित शुभ श्री वेक्वेट ब्लु हेमनको स्विमिङ पुलमा डुबेर शनिबार दिउसो एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मुलपानी बस्ने १९ वर्षीय प्रभाश अधिकारी रहेका छन् । पाैडी खेल्नेक्रममा बेहोस भएका उनलाई पेप्सीकोलास्थित मदरल्याण्ड

महोत्तरीका स्थानीय तहको पर्यटन र कृषिमा जोड

१० असार, महोत्तरी । आर्थिक विकास र समृद्धिका लागि महोत्तरीका स्थानीय तहले कृषि तथा पर्यटन प्रवर्द्धनमा जोड दिएका छन् । आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम एवं बजेट मन्तव्यमार्फत यहाँका स्थानीय तहले कृषि र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेका हुन् । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय

कवाडीझैँ थन्किए घुम्ती शौचालय

१० असार, राैतहट । चन्द्रपुर नगरपालिकाले खरिद गरेर ल्याइएको दुईवटा घुम्ती शौचालय लामो समयदेखि त्यतिकै थन्किदा सरकारी लगानी बालुवामा पानी भने झै देखिएको छ । शौचालय प्रयोगमा ल्याउन नगरपालिकाले चासो नदिँदा ती शौचालय त्यतिकै थन्किएका हुन् । नगरपालिकाको मुकाम रहेको चन्द्रनिगाहपुरको मुख्य चोकमा एउटा पनि सार्वजनिक शौचालय छैन् । यहाँ दिनहुँ

युवापुस्ताको रुचिमा छैन बाजा बजाउने पेसा

१० असार, स्याङ्जा । दोस्रो पुस्ताले रुचि नदेखाउँदा पछिल्लो समय यहाँको बाजा बजाउने पेसा हराउने अवस्था देखा परेको छ । स्याङ्जाको गल्याङ नगरपालिका–८ बङ्रातीमा पुर्खौंदेखि परियार समुदायले बजाउँदै आएको नौमती बाजा पछिल्लो समय नयाँ पुस्ताले अँगाल्न नसक्दा सो पेसा हराउने अवस्था देखिन थालेको हो । बङ्रातीका बाजा भनेपछि यसको छुट्टै महत्व

विद्यालयका लागि एक जनाले दिए १ लाख ४० हजार बराबरको जग्गा

१० असार, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–८ स्याडामा रहेको शैपाल माध्यामिक विद्यालयलाई यहाँका एक स्थानीयले जग्गा सहयोग गरेका छन् । वडा नं ८ स्याडा गाउँका पुनिमल बुढाले विद्यालयलाई रू एक लाख ४० हजार मूल्य बराबरको जग्गा सहयोग गरेको वडाध्यक्ष कमल बुढाले बताए । उनका अनुसार बुढाले भोगचलन गर्दै आएको विद्यालय नजिकैको

पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सुचारू

१० असार, बैतडी । निरन्तर वर्षाका कारण सडक माथिबाट खसेको पहिरोले अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग खुलेको छ । उक्त राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा गएराति पहिरो खस्दा यातायात सेवा पूर्णरुपमा बन्द भएको थियो । सडकमा खसेको पहिरो स्काभेटरले पन्छाएपछि राजमार्ग सञ्चालन भएको बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । पहिरो पन्छ्याइएपछि राजमार्ग

दुई केजी सुनसहित २१ वर्षीय युवक पक्राउ

१० असार, रूपन्देही । सशस्त्र प्रहरी रुपन्देहीले करिब दुई केजी सुनसहित एक जनालाई पक्राउ गरको छ । प्रहरीले गए राति १ करोड ८५ लाख ६५ हजार तीन सय ५५ मूल्य बराबरको एक किलो ९६५ दशमलव तीन ग्राम सुनसहित दाङ घोराही नगरपालिका-१० का २१ वर्षिय हुमानन्द गिरीलाई पक्राउ गरेको हो ।

पोखरामा चट्याङ लागेर एकको मृत्यु

१० असार, पोखरा । पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका-२३ हर्पनका ४९ वर्षीय देवबहादुर विकको घरमै चट्याङ लागेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । शनिबार राति साढे ११ बजेको समयमा ढुङ्गामाटोले बनेको एकतले कच्ची घरको ढोका लगाउने क्रममा चट्याङकाे प्रहारबाट विक बेहोस भएका थिए ।

सम्वन्धित समाचारहरु