Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते


४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा होमिएका यातायात व्यवसायीमध्ये २ जनाले मात्रै जित हाँसिल गरेका छन् ।

प्रत्यक्ष निर्वाचन प्रणालीमा होमिएका ४ यातायात व्यवसायीहरुमध्ये २ जनाले मात्रै जित हाँसिल गरेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष समेत विजयबहादुर स्वाँरले कैलाली–२ बाट प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका थिए । तर उनी पराजीत भएका छन् ।

उनको क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनालले १९ हजार बढी मत ल्याएर विजयी भएका छन् । स्वाँरले ७ हजार २ सय मत ल्याएर चौथो स्थान हासिल गरेका छन् । अर्का पश्चिम यातायात व्यवसायी विष्णु खड्काले सुर्खेत–१ बाट उम्मेदवारी दिएका थिए । नेपाली काँग्रेसले खड्कालाई उम्मेदवार बनाएकोमा २८ हजार ८ सय मत ल्याएर उनले जित हाँसिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी एमाले उम्मेदवार धु्रवकुमार शाहीले १८ हजार ८९० मत ल्याएका थिए ।

त्यस्तै, रास्वपाबाट उम्मेदवार बनेका कर्णाली यातायातका प्रमुख रमेश सापकोटाले सुर्खेत–२ बाट उम्मेदवारी दिएका उनले ३० हजार ८ सय मत ल्याएर जित हाँसिल गरेका छन् । सापकोटाका प्रतिद्वन्दी काँग्रेस उम्मेदवार नारायणकुमार खड्काले १६ हजार ३ सय मत ल्याएका थिए । अर्का यातायात व्यवसायी नेपाली काँग्रेसका उम्मेदवार भागवत मल्लले स्याङ्जा–२ बाट उम्मेदवारी दिएकोमा पराजय भोग्नुपरेको छ ।

सो क्षेत्रबाट झविलाल डुम्रे रास्वपाका उम्मेदवारले २५ हजार भन्दा बढी मत ल्याएर जित हासिल गरे । मल्लले २० हजार ८३० मत ल्याएर हार व्यहोर्नुप¥यो ।


प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?