Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता


प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मत परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्पष्ट वर्चस्व देखिएको छ।

सार्वजनिक भएको विवरणअनुसार प्रत्यक्षतर्फ रास्वपाले १२५ सिट जित हासिल गर्दा समानुपातिकतर्फ पनि ५०,२०,७६३ मतसहित अग्र स्थानमा रहेको छ। यसैगरी ,प्रत्यक्षतर्फ दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ले १८ सिट जितेको छ भने समानुपातिकतर्फ १६,९६,२१७ मत प्राप्त गरेको छ। त्यस्तै नेकपा (एमाले) ले प्रत्यक्षतर्फ ९ सिट जित्दा समानुपातिकतर्फ १४,१२,९६९ मत प्राप्त गरेको छ। नेपाल कम्युनिष्ट पार्टी ले प्रत्यक्षतर्फ ८ सिट जितेको छ भने समानुपातिकतर्फ ७,६७,०३८ मत प्राप्त गरेको छ।

यसैगरी श्रम संस्कृति पार्टी ले प्रत्यक्षतर्फ ३ सिट जितेको छ भने समानुपातिकतर्फ ३,८५,४५० मत प्राप्त गरेको छ। अन्य दल तथा स्वतन्त्र उम्मेदवारले प्रत्यक्षतर्फ २ सिट जित्दा समानुपातिकतर्फ ३,२५,१०० मत प्राप्त गरेका छन्।

पछिल्लो परिणामले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ रास्वपाको प्रभावशाली उपस्थिति देखिएको छ। मतगणना तथा विवरण अद्यावधिक हुने क्रम जारी रहेकाले अन्तिम परिणाम आउँदासम्म केही तथ्यांकमा सामान्य परिवर्तन हुन सक्ने निर्वाचन आयोगले जनाएको छ।


प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?