Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

विद्यालयका लागि एक जनाले दिए १ लाख ४० हजार बराबरको जग्गा


१० असार, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–८ स्याडामा रहेको शैपाल माध्यामिक विद्यालयलाई यहाँका एक स्थानीयले जग्गा सहयोग गरेका छन् ।

वडा नं ८ स्याडा गाउँका पुनिमल बुढाले विद्यालयलाई रू एक लाख ४० हजार मूल्य बराबरको जग्गा सहयोग गरेको वडाध्यक्ष कमल बुढाले बताए । उनका अनुसार बुढाले भोगचलन गर्दै आएको विद्यालय नजिकैको चार सय वर्गमिटर जग्गा विद्यालय व्यवस्थापन समितिको बैठकमा लालपुर्जासहित हस्तान्तरण गरेका हुन् ।

“विद्यालयको नाममा खाली जग्गा नभएकाले आवश्यक भौतिक संरचना निर्माणमा कठिनाइ भइरहेका थियो”, वडाध्यक्ष बुढाले भने, “बूढाले व्यक्तिगत सम्पत्ति विद्यालयका लागि सहयोग गरेपछि आवश्यक भौतिक संरचना निर्माण गर्नेछौँ ।” उनका अनुसार बालविकासदेखि कक्षा १० सम्म अध्ययन हुने विद्यालयमा हाल तीन सय ७५ विद्यार्थी अध्ययनरत छन् ।

कक्षा कोठा कम भए पनि विद्यालयको नाममा जग्गा नभएकाले भवन निर्माण गर्न समस्या भइरहेको बेला गाउँकै जग्गादाताबाट सहयोग प्राप्त भएपछि भौतिक संरचना निर्माणको बाटो खुलेको वडाध्यक्ष बुढाले बताए । विद्यालयले यसअघि पनि सहयोगमा जग्गा प्राप्त गरी भवन निर्माण गरेको थियो ।


प्रकाशित मिति: १० असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?