Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

महोत्तरीका स्थानीय तहको पर्यटन र कृषिमा जोड


१० असार, महोत्तरी । आर्थिक विकास र समृद्धिका लागि महोत्तरीका स्थानीय तहले कृषि तथा पर्यटन प्रवर्द्धनमा जोड दिएका छन् । आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम एवं बजेट मन्तव्यमार्फत यहाँका स्थानीय तहले कृषि र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेका हुन् ।

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमध्ये सातले आ–आफ्नो नगर तथा गाउँसभामार्फत आर्थिक विकास र समृद्धिका लागि कृषि र पर्यटन विकासमा जोड दिएका हुन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम असार १० गते भित्रै सम्बन्धित गाउँ/नगरसभामा प्रस्तुत गरिसक्नुपर्ने स्वीकृत तालिकाअनुसार जिल्लाका मटिहानी, जलेश्वर, औरही र रामगोपालपुर नगरपालिकाका साथै एकडारा, महोत्तरी र पिपरा गाउँपालिकाले बजेट मन्तव्यसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

गत बुधबार नगरसभा सम्पन्न गरेको मटिहानी नगरपालिकाले रू ४० करोड ३९ लाख आठ हजारको बजेट प्रस्तुत गरेको छ । जलेश्वर नगरपालिकाले रू ७१ करोड ५३ लाख ८० हजार, औरही नगरपालिकाले रू ४० करोड ३३ लाख ५९ हजार र रामगोपालपुर नगरपालिकाले रू ४२ करोड चार  लाखको अनुमानित बजेट प्रस्तुत गरेका छन् ।

त्यस्तै, एकडारा गाउँपालिकाले रू २६ करोड ५६ लाख ६५ हजार, महोत्तरी गाउँपालिकाले रू ४२ करोड ६४ हजार र पिपरा गाउँपालिकाले रू ४६ करोड ७९ लाख ६५ हजारको अनुमानित आयव्ययसहितको बजेट मन्तव्य र नीति कार्यक्रम प्रस्तुत गरेका छन् ।

गाउँ/नगरसभा आयोजना गरेका स्थानीय तहले कृषिलाई आर्थिक विकासको मुख्य आधार औल्याउँदै यसक्षेत्रको विकासका लागि किसानलाई बीउबीजन, मल, कृषि ज्यावल, सिँचाइ, बजार प्रवर्द्धनलगायत विषयमा जोड दिएका छन् । स्थानीय तहले पर्यटन प्रवद्र्धनको विषयलाई पनि उच्च प्राथमिकतामा राखेका छन् । जिल्लामा रहेका जलेश्वर नगरक्षेत्रका  प्रसिद्ध धार्मिकस्थल श्री जलेश्वरनाथको मन्दिर र प्राचीन धार्मिक महत्वका वरुण, पुरन्दर र भार्गवसरसहितका मनोरम तलाउलाई संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएका छन् ।

जलेश्वर नगरपालिकाले धार्मिक एवं पर्यटकीय महत्व रहेका स्थलको सौन्दर्यवृद्धि र संरक्षण गरिँदै यिनलाई धार्मिक पर्यटनसँग जोड्ने प्रतिबद्धता जनाएको छ ।

मटिहानी नगरपालिकाले यहाँस्थित श्री लक्ष्मीनारायण मठ, लक्ष्मीसागर र यहाँका प्राचीन मठमन्दिरको जगेर्ना गर्दै यहाँस्थित तीन सय पाँच वर्ष पुरानो राजकीय संस्कृत माध्यमिक विद्यालय (गुरुकुल), महामुनि याज्ञवल्क्य र लक्ष्मीनारायण मठका नाउँमा स्थापित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ(संस्कृत क्याम्पस, स्नातकोत्तरसम्मको पठनपाठन हुँदै) लाई शैक्षिक पर्यटनको केन्द्र बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

औरहीले प्रसिद्ध धार्मिकस्थल श्री सोनामाई पिठको संरक्षण गर्ने, रामगोपालपुर नगरपालिकाले यहाँका प्राचीन तलाउको संरक्षण गर्दै आर्थिक विकाससँग जोड्ने प्रतिबद्धता जनाएका छन् ।

यसैगरी महोत्तरी, एकडारा र पिपरा गाउँपालिकाले पनि आफ्नो ठाउँमा रहेका धार्मिक एवं पुरातात्विक महत्वका तलाउ र मठमन्दिरको संरक्षण एवं प्रवर्द्धनलाई जोड दिएका छन् ।  जिल्लामा गत बुधबारयता स्थानीय तहले स्वीकृत तालिका अनुसार गाउँ/नगरसभा आयोजन गर्दै आएका छन् । कतिपय स्थानीय तहले स्वीकृत तालिकाको अन्तिम दिन आज गाउँ/नगरसभा आयोजना गर्दैछन् ।

सङ्घीय सरकार तथा राष्ट्रिय योजना आयोगको वार्षिक कार्यतालिकामा स्थानीय तहले आगामी वर्षको बजेट आयव्यसहितको नीति तथा कार्यक्रम असार १० भित्र सक्नुपर्ने उल्लेख गरेअनुरुप अहिले स्थानीय तहले गाउँ/नगरसभा आयोजना गरी बजेट प्रस्तुत गरिरहेका छन् ।


प्रकाशित मिति: १० असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?