Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

इस्मा गाउँपालिकामा निःशुल्क ‘स्यानिटरी प्याड’ वितरण गरिने


१० असार, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क वितरण गर्ने भएको छ । आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रममा नै समेटेर महिनावारी हुने उमेरका सबै महिलाका लागि निःशुल्क स्यानिटरी प्याडको व्यवस्था गर्न लागिएको गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताइन् ।

उनका अनुसार गाउँपालिकाभित्रका सबै महिलाका लागि निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउनका लागि पालिकाले आजको गाउँसभा बैठकबाट वार्षिक नीति तथा कार्यक्रममा समेट्ने गरी रू २० लाख बजेट विनियोजन गर्दैछ ।

पालिकाभित्रका महिनावारी हुने उमेरका सबै महिलालाई निःशुल्क प्याडको व्यवस्था गर्न लागिएको उपाध्यक्ष कुँवरले जानकारी दिइन् । रकम अभावका कारण प्याड किन्न नसकेर वा प्याडको बदला अन्य कपडा प्रयोग गर्दा विभिन्न सङ्क्रमण हुने भएकाले निःशुल्क प्याडको व्यवस्था गरिएको उहाँले बताउनुभयो । “सबै महिलाका लागि निःशुल्क प्याड व्यवस्था गरेका छौँ”, उपाध्यक्ष कुँवरले भनिन्, “स्वास्थ्य संस्थामा कण्डम निःशुल्क हुनु तर महिलाका लागि अनिवार्य चाहिने प्याड निःशुल्क नहुँदा विभिन्न सङ्क्रमण हुने भएकाले निःशुल्क प्याडको व्यवस्था छौँ ।”

आर्थिक वर्ष २०८०/८१ को सुरुवातदेखि नै पालिकाभित्रका सबै महिलाले निःशुल्क स्यानिटरी प्याड पाउने गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले बताइन् ।  महिनावारीको समयमा प्याडको प्रयोग नगर्दा विभिन्न रोग लाग्ने समस्या रहेकाले निःशुल्क व्यवस्था गर्ने निर्णय गरिएको उनको भनाइ थियो ।

“वार्षिक नीति तथा कार्यक्रममा आयो, बजेटमा पनि व्यवस्था गरिसक्यौंँ”, अध्यक्ष खड्काले भनिन्, “कार्यान्वयनको लागि प्रतिबद्ध छौँ ।” इस्मा गाउँपालिकाको यस निर्णयले महिनावारी हुने उमेरका सबै महिलालाई राहत मिल्ने उनको भनाइ थियो ।


प्रकाशित मिति: १० असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?