Trending
>>   ‘खराब व्यवस्था फाल्नुपर्छ, संकटमै चुनाव अनुचित’ : पूर्वराजा ज्ञानेन्द्र >>   देश र मधेस दुवै पीडामा छन्, : काँग्रेस उपसभापति शर्मा >>   निजी क्षेत्रको २ खर्ब लगानी जोखिममाः ३६ हजार मेगावाटका लाइसेन्स र नीतिगत अन्योलबारे इप्पानको चिन्ता >>   अब कसैले पनि नकाब लगाएर सिंहदरबार जलाउन पाउँदैनः सभापति थापा >>   आसन्न निर्वाचनले रास्वपालाई पाँच वर्षका लागि सरकार चलाउने म्याण्डेट दिने अपक्षा गरेका छौँः रवि लामिछाने >>   देश बनाउन उत्तेजना होइन, ‘टिम नेपाल’ र संस्थागत विकास आवश्यकः सभापति थापा >>   भोट नदिए पनि हुन्छ, कामको लिष्ट दिनुस् : बालेन >>   कुशासन र बेथितिको सटर अब सधैंका लागि बन्द हुन्छ: रवि लामिछाने >>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश
Logo
६ फाल्गुन २०८२, बुधबार
६ फाल्गुन २०८२, बुधबार

प्रदेश समाचार


बागमती सफाइ गर्दा अमेरिकन पेस्तोल भेटियो

२ वैशाख, काठमाडाैँ । काठमाडाैँमा एउटा पेस्तोल फेला परेको छ । साप्ताहिक रूपमा गरिने बागमती सरसफाइका क्रममा शनिबार पेस्तोल फेला परेको हो । सफाइको क्रममा तिलगंगाको शारदा स्कुल नजिक अमेरिकी कम्पनीको पेस्तोल फेला परेको जानकारी दिइएको छ । उक्त पेस्तोल एउटा झोलामा प्याक गरेर फालिएको अवस्थामा फेला परेको हो ।

निर्माणको पाँच वर्षपछि पुल उद्घाटन, ३ घन्टाको यात्रा ३० मिनेटमै छोटियो

२ वैशाख, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । दुई गाउँलाई जोड्न अग्ला पहाडको बीचमा बनाइएको तीन सय ६५ दशमलव ८० मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको पाँच वर्षपछि शुक्रबार उद्घाटन गरिएको हो । नयाँ वर्षको अवसर पारेर रघुगङ्गा गाउँपालिका–१ बेगले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न पर्यटनमार्ग

२ वैशाख, बाँके । बाँकेका धार्मिक पर्यटकीय क्षेत्रको प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले पर्यटनमार्गको अवधारणा अगाडि बढाइएको छ । जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर पर्यटनमार्ग निर्माणको अवधारणा अगाडि बनाइएको हो । ग्रामीण क्षेत्रमा रहेका ऐतिहासिक मन्दिर र धार्मिक क्षेत्रलाई नेपालगञ्जस्थित बागेश्वरी मन्दिरसम्म जोड्दै बैजनाथको गाभरमा रहेको पारिजात बगानसम्म पुर्‍याउने

चितवनमा पनि प्याराग्लाइडिङ

२ वैशाख, चितवन । चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको व्यावसायिक उडान थालिएको छ । हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको हो । जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी प्याराग्लाइडिङ सुरु गरिएको कम्पनीका अध्यक्ष विजयबहादुर घलेले जानकारी दिए । भरतपुर महानगरपालिका–२९ चौकीडाँडाबाट

पहाडी पालिकामा हाटबजार सुरु

२ वैशाख, उदयपुर । उदयपुर जिल्लाको पहाडी भेगमा रहेको दुई स्थानमा हाटबजार सुरु गरिएको छ । नयाँ वर्षको अवसर पारेर जिल्लाको लिम्चुङबुङ र रौतामाई गाउँपालिकाले हाटबजार सुरु गरेका हुन् । लिम्चुङबुङको केन्द्र बाराहाको कटुवाल भञ्ज्याङस्थित राइचोकमा शुक्रबारदेखि पाँच दिने हाटबजार सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले बताए । “गाउँपालिकालाई समृद्ध

भीरबाट झरेको ढुङ्गाले लागेर एक जनाको मृत्यु

२ वैशाख, ताप्लेजुङ । तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा भीरबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङमा एकको ज्यान गएको छ । आठराई त्रिवेणी गाउँपालिका–३ माखातोकका ३० वर्षीय सञ्जय आङबुहाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आङबुहाङ फुलबारीस्थित सिरुवामा पर्ने तमोर नदीमा माछा मार्न जानुभएको थियो । आङबुहाङको टाउकोमा

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

२ वैशाख, काठमाडाैँ । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको जोशीको ९९ वर्षको उमेरमा शनिवार बिहान निधन भएको छ । बिहान ५ः३० बजे उपचारको क्रममा उनको मृत्यु भएको परिवारस्रोतले जानकारी दिएको छ । दिर्घरोग नभएकी उनि खाना खाएसँगै वान्त गर्ने भएपछि २० दिनयता देखि अस्पतालमा नियमित स्वास्थ्य जाँचमा थिइन् ।

बालुवाटारमा गोली चल्यो, माओवादी नेता वर्षमान पुनकी आमा घाइते

२ वैशाख, काठमाडाैँ । काठमाडाैँको बालुवाटारमा गोली चलेको छ । उक्त गोली लागेर माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’की आमा घाइते भएको बताइएको छ । गएराती बालुवाटार स्थित निवासमा प्रहरी सहायक हवलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका हुन् । उनी वर्षमानका नातेदार समेत रहेको बताइएको छ । गए राति १०

सुदूरपश्चिममा थप १९ जनामा कोरोना सङ्क्रमण

१ वैशाख ,बैतडी । सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा तीन सय ८३ जनाको परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सीमा नाकामै गरिएको एन्टीजेन परीक्षणमा उनीहरूमा सङ्क्रमण देखिएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले

पोखरामा ‘उर्वशी सूक्त’ नाटक

१ वैशाख ,गण्डकी । पोखरामा आजदेखि नारी शक्तिलाई केन्द्रमा राखी तयार गरिएको नाटक ‘उर्वशी सूक्त’ पोखरा थिएटरको प्रस्तुतीमा मञ्चन सुरु भएको छ । पोखरा थिएटरको गन्धर्व नाटकघरमा वैशाख ११ गतेसम्म मञ्चन हुने थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए । उनका अनुसार सोमबार बाहेक हरेक दिन साँझ ५.०० बजे मञ्चन हुनेछ ।

सम्वन्धित समाचारहरु