Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

पहाडी पालिकामा हाटबजार सुरु


२ वैशाख, उदयपुर । उदयपुर जिल्लाको पहाडी भेगमा रहेको दुई स्थानमा हाटबजार सुरु गरिएको छ । नयाँ वर्षको अवसर पारेर जिल्लाको लिम्चुङबुङ र रौतामाई गाउँपालिकाले हाटबजार सुरु गरेका हुन् ।

लिम्चुङबुङको केन्द्र बाराहाको कटुवाल भञ्ज्याङस्थित राइचोकमा शुक्रबारदेखि पाँच दिने हाटबजार सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले बताए । “गाउँपालिकालाई समृद्ध बनाउन स्थानीय कृषकले उत्पादन गरेको उत्पादनलाई बजारीकरण गर्न हाटबजारको आयोजना गरेका हौँ”, अध्यक्ष राईले भने, “यहाँको अर्गानिक उत्पादन जिल्ला सदरमुकाम गाईघाटसम्म माग बढ्दो छ ।” हाटबजारमा आलु, काउली, केरा, खुर्सानी, सागलगायतका उत्पादनको किनबेच भइरहेको हाटबजार व्यवस्थापन समितिका संयोजक कर्णशेर राईले बताए ।

त्यसैगरी अर्को पहाडी भूभागमा पर्ने माझ खर्कमा पनि शुक्रबारदेखि हाटबजार सुरु भएको छ । रौतामाई गाउँपालिका–१ मा पर्ने माझ खर्कमा द्वन्द्वकालपछि पहिलो पटक नयाँ वर्षको अवसर पारेर हाटबजार लगाउन सुरु गरिएको हो । जिल्लाको पहाडी भूभागको मध्यभागमा पर्ने माझ खर्कमा द्वन्द्व सुरुभएपछि त्यहाँको हाटबजार बन्द भएको थियो । शुक्रबारदेखि हरेक महिनाको १ र १५ गते नियमित हाटबजार लाग्ने गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरले बताए ।


प्रकाशित मिति: २ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?