Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

निर्माणको पाँच वर्षपछि पुल उद्घाटन, ३ घन्टाको यात्रा ३० मिनेटमै छोटियो


२ वैशाख, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । दुई गाउँलाई जोड्न अग्ला पहाडको बीचमा बनाइएको तीन सय ६५ दशमलव ८० मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको पाँच वर्षपछि शुक्रबार उद्घाटन गरिएको हो ।

नयाँ वर्षको अवसर पारेर रघुगङ्गा गाउँपालिका–१ बेगले आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभा सदस्य खमवीर गर्बुजा, प्रदेशसभा सदस्यद्वय हरिबहादुर भण्डारी, विमला गौचन, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी र योजना छनोटमा भूमिका खेल्ने तत्कालीन जिल्ला विकास समितिको कार्यालयका स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले संयुक्तरूपमा पुल उद्घाटन गरेका थिए ।

पुल निर्माण सकिएको भए पनि बेग र बाँदुकतर्फ जाने बाटोमा गाउँपालिका र अन्य निकायले पदमार्ग, पर्यटन पार्क र समुदायस्तरबाट चौतारी, विश्रामस्थललगायत पूर्वाधार निर्माण गरिरहेकाले निर्माण सम्पन्न भएको पाँच वर्षपछि उद्घाटन गरिएको वडाध्यक्ष बिलबहादुर फगामीले जानकारी दिए । बेनी–जोमसोम सडकखण्डको तिप्ल्याङबाट बाँदुक–बेग हुँदै पर्यटकीयस्थल रुइसे जोड्ने पदमार्ग निर्माण गरी उक्त पदमार्ग धवलागिरि आइसफल पदमार्गमा जोड्ने योजना बनाइएको उनले बताए ।

बेग र बाँदुक गाउँको बीचमा रहेको बेगखोलाको खोचमाथि निर्माण भएको उक्त झोलुङ्गे पुल एक सय ४८ मिटरभन्दा बढी अग्लो छ । तत्कालीन जिल्ला विकास समितिले रू दुई करोड ७९ लाख ९० हजार लागतमा पुल निर्माणका लागि मुक्तिनाथ÷श्री गीता जेभीलाई ठेक्का लगाएको थियो ।

विसं २०७३ असार ३१ गतेदेखि निर्माण सुरु भएको उक्त पुल २०७४ चैत ३० गते निर्माण सम्पन्न भएको थियो । झोलुङ्गे पुल निर्माण भएपछि बाँदुक र बेगगाउँसम्म आवागमन गर्न लाग्ने करिब ३ घन्टाको यात्रा ३० मिनेटमै छोटिएको छ । दुई गाउँलाई जोड्ने पुल सञ्चालनमा आएपछि भिर र खोलानालाको अप्ठ्यारो बाटोबाट घुमाउरो यात्रा गर्नुपर्ने बाध्यता हटेको स्थानीयको भनाइ छ ।


प्रकाशित मिति: २ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?