Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन


२ वैशाख, काठमाडाैँ । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको जोशीको ९९ वर्षको उमेरमा शनिवार बिहान निधन भएको छ । बिहान ५ः३० बजे उपचारको क्रममा उनको मृत्यु भएको परिवारस्रोतले जानकारी दिएको छ ।

दिर्घरोग नभएकी उनि खाना खाएसँगै वान्त गर्ने भएपछि २० दिनयता देखि अस्पतालमा नियमित स्वास्थ्य जाँचमा थिइन् । उनि एक महिना पछि सय वर्ष पुग्दै थिइन् । उनका श्रीमान् शताब्दी पुरुष सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो ।

श्रीमानको जस्तै उनको पनि मृत्यु पश्चात् शरीरका सम्पूर्ण अङ्ग अस्पताललाई नै दान गर्ने परिवारले जनाएको छ ।


प्रकाशित मिति: २ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?