Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

पोखरामा ‘उर्वशी सूक्त’ नाटक


१ वैशाख ,गण्डकी । पोखरामा आजदेखि नारी शक्तिलाई केन्द्रमा राखी तयार गरिएको नाटक ‘उर्वशी सूक्त’ पोखरा थिएटरको प्रस्तुतीमा मञ्चन सुरु भएको छ ।

पोखरा थिएटरको गन्धर्व नाटकघरमा वैशाख ११ गतेसम्म मञ्चन हुने थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए । उनका अनुसार सोमबार बाहेक हरेक दिन साँझ ५.०० बजे मञ्चन हुनेछ ।

शनिबार अतिरिक्त दिउँसो १ः०० बजे पनि प्रदर्शन गरिने छ । विद्यार्थीलाई लक्षित गरेर सोमबार दिउँसो २ः०० बजे नाटक मञ्चन गरिने उनले जानकारी दिए ।

नाटकको लेखन तथा निर्देशन शिव सङ्कल्पले गरेका हुन् । नाटकमा दीलप्रसाद गुरुङ, शिव सङ्कल्प, रोशन आस्तिक, सुशिल बराल, रोशन पोख्रेल, रमेश बाबु तिमल्सिना, दीप्सना विश्वकर्मा, रञ्जु दाहाल, एलिजा बुढाथोकी, धनकाजी श्रेष्ठ, अनुषा परियार, प्रियङ्का खड्का, राजेन्द्र अधिकारी, प्रतिक घिमिरेको अभिनय हेर्न पाइन्छ ।

मिलन गिरी, देवेन्द्र ढकाल विवेक, खेम लामाको प्रत्यक्ष सङ्गीत रहेको छ । नाटकमा शास्त्रीय सङ्गीत, शास्त्रीय नृत्य, केही शास्त्रीय छन्दको प्रयोग गरिनुका साथै वेषभुषासमेतमा सांस्कृतिक र शास्त्रीयताको समिश्रण गरेर देखाउने खोजिएको निर्देशक सङ्कल्पले जानकारी दिए ।

नाटकबाट पूर्वीय र परम्परागत नाट्यशैलीको झलक दिन खोजेको उनले बताए । हालसम्म तीनवटा नाटक लेखेका सङ्कल्पको मञ्चन भएको पहिलो नाटक उर्वशी सूक्त बनेको छ ।

झण्डै डेढ घण्टा अवधिको नाटक हेर्न सर्वसाधरणले रु पाँच सय र तीन सयको टिकट काट्नुपर्ने छ भने विद्यार्थीका लागि रु दुई सयको टिकटको व्यवस्था मिलाइएको छ ।


प्रकाशित मिति: १ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?