Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

पोखरामा ‘उर्वशी सूक्त’ नाटक


१ वैशाख ,गण्डकी । पोखरामा आजदेखि नारी शक्तिलाई केन्द्रमा राखी तयार गरिएको नाटक ‘उर्वशी सूक्त’ पोखरा थिएटरको प्रस्तुतीमा मञ्चन सुरु भएको छ ।

पोखरा थिएटरको गन्धर्व नाटकघरमा वैशाख ११ गतेसम्म मञ्चन हुने थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए । उनका अनुसार सोमबार बाहेक हरेक दिन साँझ ५.०० बजे मञ्चन हुनेछ ।

शनिबार अतिरिक्त दिउँसो १ः०० बजे पनि प्रदर्शन गरिने छ । विद्यार्थीलाई लक्षित गरेर सोमबार दिउँसो २ः०० बजे नाटक मञ्चन गरिने उनले जानकारी दिए ।

नाटकको लेखन तथा निर्देशन शिव सङ्कल्पले गरेका हुन् । नाटकमा दीलप्रसाद गुरुङ, शिव सङ्कल्प, रोशन आस्तिक, सुशिल बराल, रोशन पोख्रेल, रमेश बाबु तिमल्सिना, दीप्सना विश्वकर्मा, रञ्जु दाहाल, एलिजा बुढाथोकी, धनकाजी श्रेष्ठ, अनुषा परियार, प्रियङ्का खड्का, राजेन्द्र अधिकारी, प्रतिक घिमिरेको अभिनय हेर्न पाइन्छ ।

मिलन गिरी, देवेन्द्र ढकाल विवेक, खेम लामाको प्रत्यक्ष सङ्गीत रहेको छ । नाटकमा शास्त्रीय सङ्गीत, शास्त्रीय नृत्य, केही शास्त्रीय छन्दको प्रयोग गरिनुका साथै वेषभुषासमेतमा सांस्कृतिक र शास्त्रीयताको समिश्रण गरेर देखाउने खोजिएको निर्देशक सङ्कल्पले जानकारी दिए ।

नाटकबाट पूर्वीय र परम्परागत नाट्यशैलीको झलक दिन खोजेको उनले बताए । हालसम्म तीनवटा नाटक लेखेका सङ्कल्पको मञ्चन भएको पहिलो नाटक उर्वशी सूक्त बनेको छ ।

झण्डै डेढ घण्टा अवधिको नाटक हेर्न सर्वसाधरणले रु पाँच सय र तीन सयको टिकट काट्नुपर्ने छ भने विद्यार्थीका लागि रु दुई सयको टिकटको व्यवस्था मिलाइएको छ ।


प्रकाशित मिति: १ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?