Trending
>>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ?
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

आसन्न निर्वाचनले रास्वपालाई पाँच वर्षका लागि सरकार चलाउने म्याण्डेट दिने अपक्षा गरेका छौँः रवि लामिछाने


आसन्न निर्वाचनले रास्वपालाई पाँच वर्षका लागि सरकार चलाउने म्याण्डेट दिने अपक्षा गरेका छौँः रवि लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफनो पार्टीले आसन्न निर्वाचनमा पाँच वर्ष स्थायी सरकार चलाउने म्याण्डेटको अपेक्षा गरेको बताउनुभएको छ ।

बुधवार सुदूरपश्चिमको धनगढीका आयोजित पार्टीको चुनावी सभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सभापति लामिछानेले जनताको अधिकारलाई माग बनाएर चुनावी घोषणा पत्रमा बल्ढयाङ्ग्रे अक्षरले लेख्ने तर पूरा नगर्नेहरुको युगलाई आफूहरुले अन्त्य गर्न चाहेको समेत बताउनु भयो । सभापति लामिछानेले आम मतदाताले अब चुनावका बेला गरिएका वाचा पूरा नगर्नेहरुलाई आसन्न निर्वाचनमा सजाय दिनुपर्ने समेत बताउनु भयो । चुनावका बेला जनतासँग गरिएका वाचा पूरा नगर्ने विकृति अव नचल्ने सभापति लामिछानेको भनाई थियो ।

उहाँले भन्नुभयो,‘रास्वपाले राजनीतिक विकृति र विसंगति मध्येको एक रहेको जनताको अधिकारलाई माग बनाएर हरेक चुनावमा घोषणा पत्रमा बल्ढयांग्रे अक्षरले लेख्ने युगलाई अन्त्य गर्छ । जनताको माग हो । त्यसलाई पूरा गर्ने हो । त्यसकारण हामीले ५ वर्षको स्थायी सरकार यस पटक मागेका छौँ । पहिलो पटक नेपालको इतिहासमा कुनै राजनीतिक दलले जनतासँग कन्ट्रयाक्ट गरेको छ । जनताले भोट दिने, जनतालाई नेताले वाचा गर्ने, अनि सजाय पनि त्यही भोट दिने जनताले पाउने ? अब यस्तो चल्दैन । अब यस्तो चल्दैन । वाचा जसले गरेको हो, पूरा नगर्ने हो भने सजाय त्यसैले पाउने हो । जनताले सजाय पाउने होइन । यसका लागि ५ वर्षको स्थायी सरकारको हामीले अपेक्षा गरेका छौँ । आज मलाई धेरै लामो केही पनि भन्नुछैन ।’

सभापति लामिछानेले राजनीतिमा देखिएको तमाम खालको विकृतिको अन्त्य गर्न आफूहरु प्रतिवद्ध रहेको पनि बताउनु भयो ।


प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?