Trending
>>   रोजगारीको प्रलोभनमा अनलाइन दासत्व: दक्षिण–पूर्वी एशियामा सयौँ नेपाली स्क्यामिङको फन्दामा >>   आयोगमा ६ सय १२ हानिकारक सूचनाका उजुरीः १२९ वटा हटाइए, १२ वटा वेबसाईट ब्लक >>   ९ वटा राजनीतिक दल र १ हजार ३ सय ८९ उम्मेदवारले बैंक खाता सञ्चालनमा ल्याए >>   निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   देश–मधेस विभाजनको राजनीति अन्त्य, विभेदको अन्त्य र सुशासन रास्वपाको मुख्य एजेण्डा : रवि लामिछाने >>   कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू >>   कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाइनु हुन्नः कल्याण श्रेष्ठ >>   दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपील >>   निर्वाचनका लागि मतदाताहरु उत्साही >>   नौविसे-नागढुंगा सडक खण्डको काम अन्तिम चरणमाः ८५ प्रतिशत सम्पन्न
Logo
१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार

प्रदेश समाचार


मोटरसाइकलको ठक्करबाट मत्यु

४ ,कात्तिक ,कैलाली । कैलालीमा मोटरसाइकलको ठक्करबाट एकजनाको मत्यु भएको छ । मृत्यु हुनेमा जोशीपुर गाउँपालिका–४ हस्नापुरका ३६ वर्षीय साइकलयात्री डाटाप्रसाद चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बर्दगोरिया गाउँपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा बा७८प ३६४६ नम्बरको मोटरसाइकले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा

देवी प्रतिमा सर्वसाधारणको लागि खुला

४ ,कात्तिक ,महोत्तरी । मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिएका छन् । मिथिलामा बडादसैँको अवसरमा माटो मुछेर बनाइएका दुर्गाभवानीका प्रतिमा आज महासप्तमी (फूलपाती)का दिन बेलको भेट्नुले आँखा खोलिएसँगै सर्वसाधारणको दर्शनका लागि खुला गरिएका हुन् । पर्वका अवसरमा माटो मुछेर बनाइएका देवी प्रतिमाको आँखा

बझाङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

३ ,कात्तिक ,चैनपुर (बझाङ) । बझाङमा जीप दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा भएको जीप दुर्घटनामा परी घाइते भएका सोही वडा बुड्खोरीका २५ वर्षीय रेशम महत (इनार) को मृत्यु भएको हो । जिल्ला प्रहरी प्रमुख वरिष्ठ नायब उपरीक्षक

बिरामी पर्यटकको उद्धार

३ ,कात्तिक ,किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ थुदामबाट एक विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । भोटखोला–२ थुदाममा बिरामी परेका क्यानडाका डानियल पिटर ग्रेलाई शुक्रबार हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक धनश्याम श्रेष्ठले जानकारी दिए । बिरामी परेका क्यानडाका नागरिकलाई कैलास एयरको हेलिकप्टरमार्फत उपचारका लागि

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. सापकोटा नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकारकार डा. रुपक सापकोटा नियुक्तभएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सापकोटालाई सल्लाहकारमा नियुक्त गरेको हो । डा. सापकोटा हाल त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा प्राध्यापनरत रहेका छन् भने यसअघि डा. सापकोटाले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी

प्रकृति संरक्षण र जलवायु परिवर्तनमा प्रभावकारी नीति आवश्यक छ : डा. राणा

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा. आरजु राणा देउवाले नेपालको जैविक विविधता मात्र नभइ कुल गार्हस्थ उत्पादन (जिडिपी) मा जलवायु परिवर्तनको गम्भीर असर पर्ने देखिएको बताएकी छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै सभापति डा. राणाले जलवायु

माघभित्र जिल्ला र पालिका अधिवेशन गर्न एमालेको निर्देशन

काठमाडौं । नेकपा एमालेले पार्टीका जिल्ला तथा पालिका तहका अधिवेशन आगामी माघ मसान्तभित्र सम्पन्न गर्न सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ । एमालेको केन्द्रीय सङ्गठन विभागको गत असोज ३० गते बसेको बैठकले प्रदेश कमिटीका अधिवेशन निर्धारित समयमा सम्पन्न भइसकेका हुँदा जिल्ला, स्थानीय तह र वडा तहका कमिटीका अधिवेशन सम्बन्धमा निर्णय लिएको

एमालेले कात्तिक १४ गते चियापन कार्यक्रम गर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूको महान् चाड वडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा यही कात्तिक १४ गते चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । चियापान कार्यक्रम सो पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आयोजना गरिने एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग गगन विष्टले जानकारी दिए ।

औद्योगिक प्रयोजनका लागि मरिच, केराउ र सुपारीको आयात खुल्ला

काठमाडौं । सरकारले औद्योगिक प्रयोजनका लागि मरिच, केराउ र सुपारीको आयात खुला गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१ का लागि यी वस्तुको आयात खुला गरेको हो । उद्योगको कच्चा पदार्थको रुपमा यी तीन प्रकारका वस्तुको आयातको कार्यविधि २०७८ को

स्वास्थ्यमन्त्री बस्नेत दुई साताको अन्तरमा दुई विदेश भ्रमणमा जाने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले दुई साताको अन्तरमा दुई अन्तर्राष्ट्रिय फोरममा सहभागिता जनाउने भएका छन् । मन्त्री बस्नेत आगामी १३ देखि १६ कात्तिक सम्ममा भारतको नयाँदिल्लीमा हुने विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एशिया क्षेत्रको ७६औं सभामा भाग लिन जाने भएका छन् । सो कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतसँगै स्वास्थ्य सचिव

सम्वन्धित समाचारहरु