Trending
>>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
Logo
२९ पुष २०८२, मंगलवार
२९ पुष २०८२, मंगलवार

औद्योगिक प्रयोजनका लागि मरिच, केराउ र सुपारीको आयात खुल्ला


काठमाडौं । सरकारले औद्योगिक प्रयोजनका लागि मरिच, केराउ र सुपारीको आयात खुला गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१ का लागि यी वस्तुको आयात खुला गरेको हो । उद्योगको कच्चा पदार्थको रुपमा यी तीन प्रकारका वस्तुको आयातको कार्यविधि २०७८ को प्रक्रिया पूरा गरेर आयातको अनुमति दिएको राजपत्रको सूचनामा उल्लेख छ ।

नयाँ आर्थिक वर्ष सुरुहुने बित्तिक्कै यी वस्तुको आयात फुकुवा नगरिँदा उत्पादन प्रभावित चाउचाउ, मसला र गुट्खा उद्योगहरुले छिटो आयात खुलाउन सरकारको ध्यानाकर्षण गराएका थिए भने मसला उत्पादन गर्ने कम्पनी सेञ्चुरी, चाउचाउ उत्पादक चौधरी र पौष्टिक आहार उत्पादन गर्ने डाबर नेपालले यी वस्तुको आयात फुकुवाका लागि आग्रह गरेका थिए । उद्योगको कच्चा पदार्थको रुपमा हार्मोनाइज्ड कोड ०७१३१००० को केराउ, हार्मोनी कोड ०८०२८००० को सुपारी र हार्मोनी कोड ०९०४११२० र ०९०४११३० को सेतो र कालो मरिच आयातका लागि मन्त्रालयले अनुमति दिएको छ ।

 

 


प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?