Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

औद्योगिक प्रयोजनका लागि मरिच, केराउ र सुपारीको आयात खुल्ला


काठमाडौं । सरकारले औद्योगिक प्रयोजनका लागि मरिच, केराउ र सुपारीको आयात खुला गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१ का लागि यी वस्तुको आयात खुला गरेको हो । उद्योगको कच्चा पदार्थको रुपमा यी तीन प्रकारका वस्तुको आयातको कार्यविधि २०७८ को प्रक्रिया पूरा गरेर आयातको अनुमति दिएको राजपत्रको सूचनामा उल्लेख छ ।

नयाँ आर्थिक वर्ष सुरुहुने बित्तिक्कै यी वस्तुको आयात फुकुवा नगरिँदा उत्पादन प्रभावित चाउचाउ, मसला र गुट्खा उद्योगहरुले छिटो आयात खुलाउन सरकारको ध्यानाकर्षण गराएका थिए भने मसला उत्पादन गर्ने कम्पनी सेञ्चुरी, चाउचाउ उत्पादक चौधरी र पौष्टिक आहार उत्पादन गर्ने डाबर नेपालले यी वस्तुको आयात फुकुवाका लागि आग्रह गरेका थिए । उद्योगको कच्चा पदार्थको रुपमा हार्मोनाइज्ड कोड ०७१३१००० को केराउ, हार्मोनी कोड ०८०२८००० को सुपारी र हार्मोनी कोड ०९०४११२० र ०९०४११३० को सेतो र कालो मरिच आयातका लागि मन्त्रालयले अनुमति दिएको छ ।

 

 


प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?