Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

माघभित्र जिल्ला र पालिका अधिवेशन गर्न एमालेको निर्देशन


काठमाडौं । नेकपा एमालेले पार्टीका जिल्ला तथा पालिका तहका अधिवेशन आगामी माघ मसान्तभित्र सम्पन्न गर्न सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ । एमालेको केन्द्रीय सङ्गठन विभागको गत असोज ३० गते बसेको बैठकले प्रदेश कमिटीका अधिवेशन निर्धारित समयमा सम्पन्न भइसकेका हुँदा जिल्ला, स्थानीय तह र वडा तहका कमिटीका अधिवेशन सम्बन्धमा निर्णय लिएको हो । बैठकले फागुन र चैतमा पार्टी सदस्यता नवीकरणसँगै वडा र टोल कमिटीका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको विभाग सचिव माधव ढुङ्गेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पार्टीका स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीको अध्यक्षतामा बसेको बैठकले पार्टी सदस्यता प्रमाणीकरण प्रतिवेदन अनुमोदन गरेको छ भने सोअनुसार भारत प्रवास र अन्तर्राष्ट्रिय कमिटी मातहतका सदस्यबाहेक पार्टीका साढे पाँच लाख सदस्यहरूको सदस्यता प्रमाणीकरण भएको छ । विभागले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोख्रेल, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, विभागका पूर्वप्रमुखसमेतका उपस्थितिमा भएको कार्यक्रममा प्राप्त मार्गदर्शनका आधारमा सात बुँदे अन्तरपार्टी निर्देशन दिएको जनाएको छ ।


प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?