Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

स्वास्थ्यमन्त्री बस्नेत दुई साताको अन्तरमा दुई विदेश भ्रमणमा जाने


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले दुई साताको अन्तरमा दुई अन्तर्राष्ट्रिय फोरममा सहभागिता जनाउने भएका छन् । मन्त्री बस्नेत आगामी १३ देखि १६ कात्तिक सम्ममा भारतको नयाँदिल्लीमा हुने विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एशिया क्षेत्रको ७६औं सभामा भाग लिन जाने भएका छन् । सो कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतसँगै स्वास्थ्य सचिव डा. रोशन पोख्रेल र अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटालाई समेत सहभागी हुन मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । उक्त सभाले आगामी चार वर्षका लागि दक्षिण पूर्वी क्षेत्रको क्षेत्रीय निर्देशक समेत छनौट गर्नेछ भने यसपटक क्षेत्रीय निर्देशक पदमा नेपालका डा. शम्भुप्रसाद आचार्य र बंगलादेशकी साइमा बाजेद उम्मेद्वार छन् ।

त्यसैगरी भारतबाट फर्केपछि स्वास्थ्यमन्त्री बस्नेत आगामी २९ कात्तिकदेखि १ मंसिरसम्म थाइल्याण्डको बैंककमा हुने ‘सेभेन्थ एसियन एण्ड प्यासिफिक पपुलेसन कन्फ्रेन्स’मा सहभागी हुन जानेछन् । मन्त्रिपरिषद्ले सो कार्यक्रममा सहभागिताका लागि मन्त्री बस्नेतसँगै सचिव देवकुमारी गुरागाईलाई समेत सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।


प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?