Trending
>>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
Logo
२९ पुष २०८२, मंगलवार
२९ पुष २०८२, मंगलवार

स्वास्थ्यमन्त्री बस्नेत दुई साताको अन्तरमा दुई विदेश भ्रमणमा जाने


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले दुई साताको अन्तरमा दुई अन्तर्राष्ट्रिय फोरममा सहभागिता जनाउने भएका छन् । मन्त्री बस्नेत आगामी १३ देखि १६ कात्तिक सम्ममा भारतको नयाँदिल्लीमा हुने विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एशिया क्षेत्रको ७६औं सभामा भाग लिन जाने भएका छन् । सो कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतसँगै स्वास्थ्य सचिव डा. रोशन पोख्रेल र अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटालाई समेत सहभागी हुन मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । उक्त सभाले आगामी चार वर्षका लागि दक्षिण पूर्वी क्षेत्रको क्षेत्रीय निर्देशक समेत छनौट गर्नेछ भने यसपटक क्षेत्रीय निर्देशक पदमा नेपालका डा. शम्भुप्रसाद आचार्य र बंगलादेशकी साइमा बाजेद उम्मेद्वार छन् ।

त्यसैगरी भारतबाट फर्केपछि स्वास्थ्यमन्त्री बस्नेत आगामी २९ कात्तिकदेखि १ मंसिरसम्म थाइल्याण्डको बैंककमा हुने ‘सेभेन्थ एसियन एण्ड प्यासिफिक पपुलेसन कन्फ्रेन्स’मा सहभागी हुन जानेछन् । मन्त्रिपरिषद्ले सो कार्यक्रममा सहभागिताका लागि मन्त्री बस्नेतसँगै सचिव देवकुमारी गुरागाईलाई समेत सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।


प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?