Trending
>>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग >>   प्रधानमन्त्री राहत कोषको हिसाबकिताब खोज्दै एमाले सांसद कँडेल >>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल


कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल

काठमाडौँ।नेपाल र चीन जोड्ने कोदारी नाकालाई थप सहज र प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले नेपाल सरकारको उच्चस्तरीय प्रतिनिधि मण्डलले स्थलगत निरीक्षण एवं संयुक्त अनुगमन गरेको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा गएको टोलीले चिनियाँ पक्षसँग छलफल गर्दै सीमा क्षेत्रमा देखिएका समस्या र राजमार्गको अवस्थाका बारेमा ध्यानाकर्षण गराएको हो । परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग, र सडक डिभिजन चरीकोटका अधिकारीहरू सम्मिलित टोलीले सिन्धुपाल्चोकका सुरक्षा निकाय र प्रशासनका प्रतिनिधिहरूसँग समन्वय गरी नाकाको वर्तमान अवस्थाबारे जानकारी लिएको हो । अनुगमनका क्रममा विशेष गरी नाकासम्म पुग्ने राजमार्गको भौतिक अवस्था र सञ्चालनमा रहेका प्राविधिक कठिनाइहरूको सुक्ष्म विश्लेषण गरिएको छ ।

टोलीले सडकको भौतिक अवस्थाका कारण नाका सञ्चालनमा दीर्घकालीन अवरोध आउन नदिने र आपूर्ति प्रणालीलाई सहज बनाउने निष्कर्ष निकालेको छ । अनुगमनपछि आयोजित बैठकमा नेपाली पक्षले चिनियाँ प्रतिनिधिहरूसँग सीमा नाकालाई थप गतिशील बनाउन तथा दुई देशबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउन आवश्यक पूर्वाधार सुधारमा सहकार्य गर्न आग्रह गरेको छ ।

सीमा क्षेत्रको सडक मर्मत र सुधारका लागि तत्काल काम अघि बढाउने र नाका सञ्चालनमा देखिएका व्यावहारिक जटिलताहरू समाधान गर्ने विषयमा चिनियाँ पक्ष सकारात्मक देखिएको छ । प्रशासनले पनि सुरक्षा र व्यवस्थापनका लागि आफूहरू तयार रहेको प्रतिवद्धता जनाएको छ । यो उच्चस्तरीय पहलले लामो समयदेखि विभिन्न कारणले प्रभावकारी बन्न नसकेको तातोपानी नाकालाई पूर्ण क्षमतामा सञ्चालन गर्न थप बल पुग्ने विश्वास लिइएको छ ।


प्रकाशित मिति: १३ आश्विन २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?