Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

बिरामी पर्यटकको उद्धार


३ ,कात्तिक ,किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ थुदामबाट एक विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

भोटखोला–२ थुदाममा बिरामी परेका क्यानडाका डानियल पिटर ग्रेलाई शुक्रबार हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक धनश्याम श्रेष्ठले जानकारी दिए ।

बिरामी परेका क्यानडाका नागरिकलाई कैलास एयरको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । उनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि स्थानीय र प्रहरीको सहयोगमा हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको उनले बताए ।

डानियल एक दिनअघि भोटखोलाको थुदाम पुगेका थिए । विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणका लागि आएका उनका साथमा कति जनाको समूह थियो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?