Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

प्रकृति संरक्षण र जलवायु परिवर्तनमा प्रभावकारी नीति आवश्यक छ : डा. राणा


काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा. आरजु राणा देउवाले नेपालको जैविक विविधता मात्र नभइ कुल गार्हस्थ उत्पादन (जिडिपी) मा जलवायु परिवर्तनको गम्भीर असर पर्ने देखिएको बताएकी छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै सभापति डा. राणाले जलवायु परिवर्तनले नेपालका विविध क्षेत्रमा असर गरेको र नेपालको प्रकृति र जैविक विविधताका क्षेत्रमा यसको प्रत्यक्ष असर देखिएको बताएकी हुन् । नेपाली कांग्रेसकी नेतृ डा. राणाले नेपालको वन वनस्पती, कृषि, प्रकृति, हिमाललगायतका क्षेत्रमा देखिएको जलवायु परिवर्तनको असरको प्रभाव मुलुकको अर्थ व्यवस्थामा पनि पर्ने देखिएको भन्दै सभापति डा. राणाले एसियाली विकास बैंकले समेत गरेको एक अध्ययनले देशको कुल गार्हस्थ उत्पादन दुई दशमलव दुई प्रतिशतले घट्ने प्रक्षेपण गरेको दृष्टान्त समेत प्रस्तुत गरिन् ।

नेपाल जैविध विविधतामा विश्वमा २७औँ र एसियामा १०औँ स्थानमा रहेको छ । हाल नेपालमा २२ हजारभन्दा बढी वनस्पती र जीवहरु छन् । जुन विश्वमा उपलब्ध जैविक विविधताको एक दशमलव तीन प्रतिशत हिस्सा हो । अव्यवस्थित योजना निर्माण, विकास आयोजनाहरुको कमजोर कार्यान्वयन, दिगोपनारहितको मानवीय गतिविधिलगायतका कारणले नेपालले अहिले विश्वव्यापी उष्णताको समस्या झेलिरहेको र नेपालमा अहिले पनि वन विनाशले कृषिलगायतका क्षेत्रमा असर परेको उनको भनाइ रहेको छ । साथै उनले विकास तथा प्रकृति संरक्षणका क्षेत्रमा एकीकृत, समावेशी र समन्वयात्मक कार्यक्रम सञ्चालन गरी जलवायु परिवर्तनका कारण परेको प्रभावको अनुसन्धान र यसको हानी न्यूनीकरणका लागि आवश्यक प्रक्रिया अपनाउन नेपाल सरकारलाई सुझाव समेत बताएकी छन् ।


प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?