Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

प्रदेश समाचार


डेङ्गी सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्न मेयर बालेनको आग्रह

११ श्रावण, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले डेङ्गी रोग सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्न अपिल गरेका छन् । यो संक्रमण फैलाउने लामखुट्टे सफा पानीमा बस्ने जनाउँदै उनले पानी जम्ने सडक, सडक पेटीका खाल्टाखुल्टी, करेसाबारीमा रहने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसी र बरण्डामा जम्ने पानी

सेवाग्राही बनेर यातायात मन्त्रीको छड्के

११ श्रावण, पोखरा । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले आज पोखरास्थित यातायात व्यवस्था कार्यालयको छड्के जाँच गरेका छन् । सेवाग्राही सरह कार्यालय पुग्नुभएका मन्त्री जुग्जालीले सवारी चालक अनुमतिपत्र र सवारीसाधन दर्ता तथा नवीकरणसम्बन्धी सेवा दिने कार्यालयको गोप्य अनुमगन गरेका थिए । सेवाग्राहीसँगै लाममा उभिएर

कोशी प्रदेशमा ढल्यो सरकार, ७ दिनभित्र सरकार बनाउन सर्वोच्चको आदेश

११ श्रावण, काठमाडाैँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाको नियुक्ति सर्वोच्च अदातलले खारेज गरेको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बिहीबार मुख्यमन्त्री थापाको नियुक्ति खारेज गरेको हो । सर्वोच्चको उक्त थापाको नियुक्ति खारेज गरेसँगै कोशीमा सत्ता गठबन्धनको सरकार ढलेको छ । थापाको नियुक्ति बदर गर्दै

फिदिम बोलेरो दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो

११ श्रावण, पाँचथर । मङ्गलबार पाँचथरको फिदिममा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भई झापाको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ५ पापुङकी २६ वर्षीया इसेटिमा शेर्पाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन

काठमाडाैँमा एक रूपैयाँले सस्तियो गाडी भाडा

११ श्रावण, काठमाडाैँ । बागमती प्रदेशले आज (विहीबार) देखि सार्वजनिक यातायातको भाडा घटाएको छ । गत जेठ ११ मा भाडा समायोजन गरेको प्रदेशले पुनः भाडादर घटाएको हो । नेपाल आयल निगम साउन १ गतेबाट इन्धनको मुल्यमा स्वचालित प्रणालीमा गएसँगै प्रदेश सरकारले भाडा घटाएको श्रम ,रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका

बहुवर्षीय योजनाको मापदण्ड नहुँदा समस्या : मुख्यमन्त्री जम्कट्टेल

११ श्रावण, काठमाडाैँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बहुवर्षीय योजनाको मापदण्ड नहुँदा प्रदेशबाट जथाभावी योजना परेकाले ती योजनाको निर्माण सम्पन्न गर्न समस्या भइरेहको बताएका छन्। भौतिक पूर्वाधार विकास मन्त्रालयको समीक्षा बैठकमा उनले मापदण्डविना नै अघिल्ला वर्षमा हालिएको बहुवर्षीय योजनाका कारण धेरै गुनासा आएको जनाउँदै अब मापदण्ड बनाएर त्यसलाई नियन्त्रण गरिने

प्राविधिक शिक्षा : सिक्दै, कमाउँदै छन् विद्यार्थी

११ श्रावण, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको किसानी माविमा सञ्चालित प्राविधिक शिक्षा प्रभावकारी बनेको छ । किसानी प्राविधिक शिक्षालय अन्तर्गत बाली विज्ञान र पशु विज्ञान विषय अध्ययन गर्दै आएका विद्यार्थीलाई लक्षित गरी सञ्चालित सिक्दै कमाउँदै कार्यक्रम फलदायी बनेको हो । शिक्षालयको बाली विज्ञानतर्फका विद्यार्थीले प्रयोगात्मक सिकाइका लागि गरेको तरकारी

७१ वर्षमा मीनाकुमारीले पाइन् नागरिकता

११ श्रावण, चितवन । चितवनको ईच्छाकामना गाउँपालिका–३ निवासी मीनाकुमारी राईले ७१ वर्षमा नागरिकता पाएकी छन् । माइतीको पहिचान खुलाउन नसकेपछि लामो समयसम्म राईले नागरिकता पाउन नसकेको अवस्थामा स्थानीय जनप्रतिनिधिको पहलमा उनले नागरिकता पाएकि हुन् । “माइती खुलाउन नसकेर लामो समयदेखि नागरिकता बनाउन नसकेपछि वडा कार्यालयले माइती पहिचान नभएको भनी मुचुल्का

पोखरामा साहसीक खेल क्यानोनिङ गर्ने क्रममा लडेर युवतीको मृत्यु

११ श्रावण, पोखरा । क्यानोनिङ गर्ने क्रममा लडेर कास्कीमा एक जनाको मृत्यु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ को घलेलस्थित क्यानोनिङ गर्ने (झरनाबाट झर्ने खेल) क्रममा लडेर पोखरा २६ बुढीबजार बस्ने २२ वर्षीया अन्जिता भण्डारीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार बुधबार दिउँसो

हिंसा पीडितलाई मनोसामाजिक परामर्श सहित निःशुल्क उपचार

११ श्रावण, गोरखा । गोरखा जिल्लाभित्र विभिन्न प्रकारका हिंसामा परेका महिलाको उद्धार गरी मनोसामाजिक परामर्ससहित निःशुल्क उपचार सेवा प्रदान गरिएको छ । गोरखा अस्पतालमा आइपुगेका हिंसा पीडितलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमार्फत अस्पतालले आवश्यक निःशुल्क उपचार तथा परामर्श सेवा प्रदान गर्दै आएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा हरिकुमार श्रेष्ठले

सम्वन्धित समाचारहरु