Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

७१ वर्षमा मीनाकुमारीले पाइन् नागरिकता


११ श्रावण, चितवन । चितवनको ईच्छाकामना गाउँपालिका–३ निवासी मीनाकुमारी राईले ७१ वर्षमा नागरिकता पाएकी छन् । माइतीको पहिचान खुलाउन नसकेपछि लामो समयसम्म राईले नागरिकता पाउन नसकेको अवस्थामा स्थानीय जनप्रतिनिधिको पहलमा उनले नागरिकता पाएकि हुन् ।

“माइती खुलाउन नसकेर लामो समयदेखि नागरिकता बनाउन नसकेपछि वडा कार्यालयले माइती पहिचान नभएको भनी मुचुल्का र सिफारिस गरिदिएको र सोही आधारमा जिल्ला प्रशासनले नागरिकता बनाइदिएको हो”, वडाध्यक्ष नरबहादुर नेपालले भने, “कसैलाई नागरिकविहीन हुने अवस्था सिर्जना गर्नुहुन्न भन्ने आधारमा सकेको पहल गरी नागरिकता बन्ने वातावरण मिलाइदिएका हौँ ।”

वयोवृद्व अवस्थामा नागरिकता बनेसँगै मीनाकुमारी राई खुसी भएकी छन् । “नागरिकता बनेपछि अब मैले पनि भत्ता पाउछु”, खुसी हुँदै उनले भने । राईलाई ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ताका लागि पहल गरिने वडाध्यक्ष नेपालले बताए ।


प्रकाशित मिति: ११ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?