Trending
>>   महिला साफ च्याम्पियनसिपको फाइनल खेल हेर्न प्रधानमन्त्री दशरथ रङ्गशाला जाने >>   उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली >>   आज काग तिहार, कागको पूजा आराधना गरिँदै >>   मौसम : यी प्रदेशमा आज मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना >>   आज मिति २०८१ साल कार्तिक १४ गते बुधबार, हेर्नुहोस आजको राशिफल >>   नयाँ भूमि समस्या समाधान आयोग गठन >>   कुलमानलाई हटाउने बिषयमा मन्त्रिपरिषद्को यस्ताे निर्णय >>   पुस्तकालय हाेइन आइडिया सेन्टर >>   भाइटीकाकै दिन वर्षाको पूर्वानुमान ! >>   कुलमानलाई हटाउन सिंहदरबारमा मन्त्रिपरिषद् बैठक !
Logo
१४ कार्तिक २०८१, बुधबार
१४ कार्तिक २०८१, बुधबार

डेङ्गी सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्न मेयर बालेनको आग्रह


११ श्रावण, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले डेङ्गी रोग सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्न अपिल गरेका छन् । यो संक्रमण फैलाउने लामखुट्टे सफा पानीमा बस्ने जनाउँदै उनले पानी जम्ने सडक, सडक पेटीका खाल्टाखुल्टी, करेसाबारीमा रहने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसी र बरण्डामा जम्ने पानी लामखुट्टेको संख्या वृद्धि हुने ठाउँ भएकोले यस्ता ठाउँमा पानी जम्न नदिन, एउटै भाँडामा पानी थापेर धेरै समय राखि नरहन आग्रह गरेका हुन् ।

महामारी रोग नियन्त्रणका लागि काठमाडौ महानगरपालिकाको एक्लो प्रयासले मात्र रोकथाम हुन नसक्ने भएकाले रोग लाग्नै नदिनतर्फ प्रयत्न गर्न, महामारी रोगप्रति सचेत रहन, महानगरपालिकाले सञ्चालन गरेका कार्यक्रममा सहयोग गर्न प्रमुख शाहको अपिल छ ।

महानगरवासीलाई डेङ्गी रोग लाग्नवाट बचाउन महानगरपालिकाले योजनावद्ध कार्यक्रम सञ्चालन गरिरहेको छ । यस क्रममा वडा स्तरमा २६९ वटा सचेतनामूलक र्याली निकालिएको छ । हरेक बुधबार विहान ८ बजेदेखि ९ बजेसम्म वडामा लार्भा खोज र नष्ट गर्ने अभियान चलाइएको छ । त्यस्ता ठाउँमा औषधि छर्कने गरिएको छ । यसका लागि सहरी स्वास्थ्य प्रवर्धन केन्द्रका स्वास्थ्यकर्मीहरु, वडा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय संघ संस्था र क्लबका प्रतिनिधि, नगर प्रहरी, कर्मचारी यस अभियानमा खटिने गरेका छन् ।

सरकारी तथा संस्थागत बिद्यालयमा अध्ययनरत बिद्यार्थी बिचमा डेंगी रोग सम्बन्धी चित्रकला प्रदर्शनी गरी अभिभावकसम्म संक्रमणका बारेमा चेतना पुर्याउने र रोगको बारेमा उत्कृष्ट कला देखाउने, विद्यार्थी र विद्यालयलाई पुरस्कृत गर्ने कार्यक्रम छन् ।

वर्षायाममा साउन, भाद्र, असोज र कात्र्तिक महिनासम्म यस रोगको संक्रमण दर तीब्र हुने गरेको विगत अभ्यासले देखाउँछ । यस अवधिमा महानगरले, डेङ्गी रोगको बारेमा टेलिफोनमार्फत परामर्श दिन (रोगका लक्षण, उपचार, सावधानी) हटलाइन ११८० २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सकिनेछ ।

डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको स्वास्थ्य प्रवर्धन केन्द्रमा पर्याप्त उपलब्ध गराइएको छ ।

एडिस जातको संक्रमित लामखुट्टेले पारेको अण्डाबाट लार्भा हुँदै निस्क्ने लामखुट्टे वयस्क भएपछि यसले मानिसलाई टोकेमा डेङ्गी रोग लाग्छ । सामान्यतया संक्रमित लामखुट्टेले टोकेको ४ देखि ७ दिन भित्र कडा ज्वरो आउने, वाक–वाकी लाग्ने, निकै कमजोर महसुस हुने, खान मन नलाग्ने, जिउ दुख्ने जस्ता लक्षण देखिन्छन् ।


प्रकाशित मिति: ११ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?