Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
२० माघ २०८२, मंगलवार
२० माघ २०८२, मंगलवार

प्रदेश समाचार


हेटौँडा-काठमाडौँ छोटोदुरीका सबै सडक अवरुद्ध

२८ श्रावण, हेटाैँडा । हेटौँडाबाट काठमाडाैँ जाने छोटो दुरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा-भैँसे-भीमफेदी सडकखण्ड पहिरोको कारण अवरुद्ध भएको हो । भीमफेदी-२ भैँसे बजारबाट दुई किलोमिटरको दूरी पहिरो खसेकोले सडक सञ्चालन अवरुद्ध भएको प्रहरीले जनाएको छ । त्यस्तै, कुलेखानी-सिस्नेरी-काठमाडौँ सडकखण्डमा पनि

टाउको खोलामा भेटिएको युवकको शरिर जङ्गलमा फेला

२८ श्रावण, सर्लाही । हत्या गरी फालिएको अवस्थामा भेटिएको युवाको पहिचान भएको छ । खोलामा टाउको र जङ्गलमा शरीर शनिवार भेटिएपछि उनको पहिचान भएको हो । शुक्रवार मात्रै परिवार आएर सनाखत गरेपछि मृतक भारतको सितामाढी मनियारी बस्ने २३ वर्षीय गोलु भन्ने अभिषेक राज रहेको प्रहरीले जनाएको छ । अभिषेकको टाउको

श्रीमतीको हत्या गरी सुँगुरको खोरमा गाडेर भागेका श्रीमान पक्राउ

२८ श्रावण, झापा । श्रीमतीलाई मारेर सुँगुरको खोरभित्र गाडेर फरार भएका तेह्रथुम आठराई गाउँपालिका–१ डाँडागाउँका राजकुमार श्रेष्ठ पक्राउ परेका छन् । झापाको काँकडभिट्टाबाट होटेलमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । राजकुमारले आफ्नी २६ वर्षीया श्रीमती रेशिका श्रेष्ठको हत्या आरोपमा उनलाई काँकडभिट्टा प्रहरीले शनिवार दिउँसो पक्राउ गरेको हो

पहिरोले उत्तरी गोरखाको झोङगाउँका १० घर जोखिममा

२८ श्रावण, गोरखा । केही दिनदेखि लगातार परेको अबिरल वर्षाका कारण माथिबाट झरेको पहिराले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित झोङगाउँका १० घर जोखिममा परेका छन् । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले पहिरो झरेपछि झोङगाउँका १० घर जोखिममा परेकोे जानकारी दिए । पहिरासँगै आएको ढुङ्गासहितको लेदो घरमा पसेर क्षति पुर्याएको उहाँको

गमगढी–नाक्चेलाग्ना सडक : ७ वर्षमा जम्मा १८ किलोमिटर निर्माण

२८ श्रावण, मुगु । आर्थिक वर्ष २०६२/०६३ मा डिटेल सर्भे गरी २०७२ सालबाट निर्माण कार्य सुरु गरिएको उत्तरी सिमाना चीन जोड्ने गमगढी नाक्चेलाग्ना सडक निर्माणको काम कछुवाको गतिमा अघि बढेको पाइएको छ। मुगु जिल्लाको मात्र नभइ सिंगो कर्णाली प्रदेशकै लाइफ लाइनको रूपमा रहेको बहुचर्चित कुल ९६ किलोमिटरको गमगढी नाक्चे लाग्ना सडक

बेनी–दरबाङ सडकको ठाउँ–ठाउँमा पहिरो खस्दा यातायात अवरुद्ध

२८ श्रावण, म्याग्दी । शुक्रबार रातिदेखिको लगातार वर्षाका कारण बेनी–दरबाङ सडकखण्डको विभिन्न तीन स्थानमा पहिरो गएपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको छ । बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेत, रणवाङ भिर र दरबाङ नजिकैको बाङ्गेभिरमा पहिरो गएकाले सडक अवरुद्ध भएका हो । पहिरो खसिरहेकाले सडक खुलाउने प्रयास असफल भएको

नेपालगञ्ज सहर : टाँगा चल्न छाड्यो, घाँस पनि बिक्री हुन छाड्यो

२८ श्रावण, नेपालगञ्ज। “पानीमा रुझ्दै दिनभरि झाँस खोजेर बल्लबल्ल एक बोरा बनाइन्छ । त्यही साँझ बेच्दा रु पाँच–दशमा बेच्नुपर्छ । हाम्रो मेहनत र मर्का कसले बुझिदिने ?” बाँकेका नेपालगन्ज उपमहानगरपालिका–८ घसियारन टोलकी गुड्डी घरियार गुनासो गर्छिन् । उनले घाँस बेचेर आएको रु एकदेखि डेढ सयसम्मको कमाइले छ जनाको परिवारलाई पाल्नुपरेको छ

भोजपुरका अलैँची कृषक भन्छन्– भाउ बढ्यो, उत्पादन घट्यो

२८ श्रावण, भोजपुर । खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा परेका छन् । राम्रो आन्दानीको स्रोत हुने भएपछि कृषक अलैँची खेतीमा लाग्दै आएका छन् । अलैँचीले उचित मूल्य नपाएको गुनासो बढिरहँदा यस वर्ष उत्पादनमा पनि कमी आएको छ । अलैँची व्यवसायी महासङ्घ भोजपुरका

घोराही उपमहानगरपालिका : ९३ विद्यालयमध्ये चौधमा महिला प्रअ

२८ ,श्रावण ,देउखुरी । घोराही उपमहानगरपालिकाअन्तर्गत रहेका सामुदायिक विद्यालय ९३ मध्ये १४ विद्यालयको प्राध्यानाध्यापकको जिम्मेवारी महिलाले पाएका छन् । घोराही–१ मा रहेको श्री सरस्वती प्राथमिक विद्यालय मुसोटखोलाको दानमाया केसीले प्राध्यानाध्यापकको जिम्मेवारी सम्हालेकि छिन् । शिशु कक्षादेखि ५ सम्म पढाइ हुने सो विद्यालयमा उनले विसं २०७६ देखि प्रअको भूमिका निर्वाह गर्दै

मुग्लिन–पोखरा सडक विस्तार : दमौलीमा घर भत्काइँदै

२८ ,श्रावण ,दमौली । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत मुख्य बजारमा घरटहरा भत्काउने तयारी गरिएको छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली बजारमा घरटहरा भत्काउने तयारी गरेको हो । यसअगाडी मुख्य बजारभन्दा बाहेकका ठाउँमा घरटहरा हटाइएकामा अब मुख्य बजारमा काम हुने योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । उनले

सम्वन्धित समाचारहरु