३ भदाै, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन शाहको विरूद्धमा काठमाडाैँका फुटपाथ व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन् । काठमाडौं महानगरपालिकाले सडक व्यापारीहरूलाई विस्थापन गर्न खोजेको भन्दै व्यवसायीहरू विरोधमा उत्रिएका हुन् । विरोध प्रदर्शनमा सहभागीहरूले सडक व्यापारीहरूलाई गरिखान नदिएको, सामान गैरकानुनी रूपमा खोसिएर लिलाम गरिएको, सडक व्यापारलाई कानुनी मान्यता दिने व्यवस्था नगरिएको
३ भदाै, रसुवा । दुई किलो सुनसहित रसुवाबाट दुई जना पक्राउ परेका छन् । हिजो शनिवार बेलुका सुनका दुई वटा बिस्कुट सहित सुदीप शेर्पा पक्राउ परेका थिए । उनले छातीमा कपडाभित्र लुकाएर सुन बोकेका थिए । शेर्पासँग सोधपुछका क्रममा टिमुरेकै फुर्साङ्बु शेर्पाले सुन दिएको पाइएपछि फुर्साङ्बुलाई पनि पक्राउ गरिएको रसुवाका प्रहरी
३ भदाै, स्याङ्जा । स्याङ्जामा भदौमै सुन्तला पाकेर बिक्रीका लागि तयारी गरिएको छ। पुतलीबजार नगरपालिका– ११, मायाटारीका बोधराज अर्यालले लगाएको उन्सु जातको सुन्तला साउनको अन्तिम साताबाटै पाक्न सुरु भएको हो। उनको फार्म करिब एक सय ५० रोपनी क्षेत्रफलमा फैलिएको छ। अर्यालको फार्ममा सुन्तला बगैँचामा उन्सुसहित १५ प्रजातिका १३ सय सुन्तला, अमिला
३ भदाै, डोल्पा । बालिका बलात्कार गरेको आरोपितमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । एक बालिकालाई बलात्कार गरी फरार रहेका नौ जनामध्ये तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । फरार मध्य जगदुल्ला गाउँपालिका–५ माझ गाउँ बस्ने वर्ष २९ का धर्मराज बोहरा सल्यान कुमाख गाउँपालिका–५ काला गाउँ बस्ने वर्ष
३ भदाै, विराटनगर । बलात्कार आरोपमा नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाल बेलबारी नगर कमिटी अध्यक्ष काशीराज तामाङ पक्राउ परेका छन् । ३४ वर्षीय तामाङलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । उनीमाथि २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोप लागेको छ । पीडितले दिएको किटानी जाहेरीपछि उनलाई पक्राउ गरिएको प्रहरीले
३ भदाै, बारा । आक्रमण परी बाराको पचरौता नगरपालिकाकी उपमेयर नसिमा खातुन घाइते भएकी छिन् । एक समूहले शनिबार राती उनको घरमै घुेसर आक्रमण गरेको थियो । अहिले उनको परवानीपुरस्थित न्यूरो अस्पतालको आइसियू कक्षमा राखेर उपचार भइरहेको छ । उक्त समूहले उपमेयर खातुन, उनका श्रीमान् र परिवारका अन्य सदस्यलाई पनि आक्रमण
३ भदाै, पोखरा । पोखरा महानगरमा ट्याक्सी शुक्रबारदेखि मिटरमा गुड्न थालेका छन्। गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि अनिवार्य मिटरमा सञ्चालन गर्नुपर्ने नियम बनाएपछि अधिकांश ट्याक्सी मिटरमा चलेका हुन्। ट्याक्सीले मिटर चलाएर यात्रु बोके/नबोकेको अनुगमन गर्न भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशमबहादुर जुग्जाली आफैँ शुक्रबार अनुगमनमा निस्किएका छन्। मन्त्रालय मातहतको
३ भदाै, बाजुरा । पहिराका कारण दुईमहिनादेखि अवरुद्ध मार्तडी–कोल्टी सडक खुलाउन नेपाली सेना जुटेको छ । सुदूरपश्चिम प्रदेशको गौरवको रुपमा सडक रहेको छ । दुर्गाभञ्जन गुल्मका गुल्मपति धर्मेन्द्रबहादुर सिंहले मार्तडीबाट कोल्टी आवतजावत गर्न र बडीमालिका नगरपालिका–७ का स्थानीयलाई आवतजावत गर्न समस्या भएपछि सडकको पहिरो पन्छाउन र बाटो मर्मत मा सेना
३ भदाै, लमजुङ । पहिराले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध भएको छ । आज बिहान लमजुङ र मनाङ जोड्ने यस सडकखण्डअन्तर्गत खरखरेभिर, हवाईडाँडा, बक्स कटिङ र च्याम्चेमा गएको पहिराले सडक पुनः अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर पुरुषोत्तम अधिकारीले भने, “यस सडकअन्र्गत बेँसीसहर नगरपालिका
३ भदाै, काठमाडाैँ । काठमाडौँको वनस्थली ढुङ्गेधारामा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बालाजुबाट कलङ्कीतर्फ जाँदै गरेको ना५ख ५०९२ नम्बरको गोरखा दरौँदी यातायात कम्पनी प्रालिको बसले आज बिहान विपरीत दिशाबाट आउँदै गरेको प्रदेश०२–०३७प ०७५५ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका