Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

ट्याक्सी अनुगमन गर्न सडकमा निस्किए मन्त्री


३ भदाै, पोखरा । पोखरा महानगरमा ट्याक्सी शुक्रबारदेखि मिटरमा गुड्न थालेका छन्। गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि अनिवार्य मिटरमा सञ्चालन गर्नुपर्ने नियम बनाएपछि अधिकांश ट्याक्सी मिटरमा चलेका हुन्। ट्याक्सीले मिटर चलाएर यात्रु बोके/नबोकेको अनुगमन गर्न भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशमबहादुर जुग्जाली आफैँ शुक्रबार अनुगमनमा निस्किएका छन्। मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालय सवारीले ट्याक्सीलाई मिटर अनिवार्य गरेको हो।

पोखराको औद्योगिक क्षेत्र, विमानस्थल गेट, पृथ्वीचोकलगायत मुख्य क्षेत्रमा बिहानदेखि मन्त्रालय, यातायात कार्यालयका कर्मचारीसहित ट्राफिक प्रहरी अनुगमनका लागि खटिएका थिए। २०७७ सालमा नै यहाँका अधिकांश ट्याक्सीमा मिटर जडान गरिए पनि कार्यान्वयन भएको थिएन। यात्रुले ठगिएको र चर्को भाडा तिनुपर्ने गुनासो गर्दै आएका थिए।

यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख डिल्लीराम रिज्यालले पहिलो दिनमा अधिकांशले ट्याक्सी मिटरमा चलाएको जानकारी दिए। विविध कारण देखाएर मिटरमा नचलेका केही ट्याक्सी चालकलाई सचेत गराइएको उनले बताए।

यातायात व्यवस्था कार्यालयले भदौ १ देखि अनिवार्य रूपमा बिलिङसहितको मिटर राख्न भनेको थियो। कार्यालयले मिटरमा नहिँड्ने ट्याक्सी चालकलाई कारबाही हुने जनाएको छ। ट्याक्सी चालक मनोज शाहीले मिटरमा चल्न अप्ठेरो नभएको बताए। इन्धनको भाउ घटबढ हुँदा स्वचालित भाडादर कायम हुने व्यवस्था गर्न उहाँको माग छ। प्रमुख रिज्यालले भने, “पोखराका ट्याक्सी मिटरमा चल्न थाले। मिटरमा सञ्चालन भए/नभएको नियमित अनुगमन गर्ने गरी समिति बनाएका छौँ।” प्रदेश सरकारले ट्याक्सीको भाडासमेत तोकेको छ। पछिल्लो भाडा १५ किमीभित्र यात्रा गर्दा सुरुवाती दुई मिटरसम्म ८० रुपियाँ र त्यसपछि प्रतिदुई सय मिटर १० रुपियाँ कायम गरिएको छ।

मन्त्री जुग्जालीले अब यो व्यवस्था लागु गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे, “पहिला किन लागु भएन भनेर समीक्षासमेत गरेका छौँ। अब लागु भएरै छाड्छ।” अनुगमनका लागि मन्त्रालय, यातायात कार्यालय, जिल्ला प्रशासन र ट्राफिक प्रहरीको प्रतिनिधित्व हुने गरी अनुगमन समिति बनाइएको छ।


प्रकाशित मिति: ३ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?