गण्डकी प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा नेकपा (एमाले)का नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ । प्रादेशिक संरचनाअनुसार दोस्रो प्रदेशसभाको निर्वाचनमा कास्की क्षेत्र नं १ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित बन्नुभएका अधिकारीलाई संविधानको धारा १६८ (ख) अनुसार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । स्कुले जीवनदेखि नै राजनीतिमा सक्रिय
नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले सङ्घ सरकारमा कर्णाली अट्न नसकेको टिप्पणी गर्नुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पाँचौँ बैठकमा बोल्दै नेता शाहीले कर्णालीप्रति केन्द्रले हेर्ने दृष्टिकोण आज पनि सकारात्मक नभएको जिकिर गर्नुभयो । “कर्णालीबाट अनुभव बटुलेका नेताले जितेर गएका छन्,” उहाँले भन्नुभयो, “तथापि मङ्गलबार
लुम्बिनी प्रदेशका नवनियुक्त सभामुख तुलाराम घर्ती र उपसभामुख मञ्जु खाण केसीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सभामुख घर्तीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउनुभएको हो भने उपसभामुख खाणलाई सभामुख घर्तीले शपथ गराउनुभएको हो । शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घर्तीले अघिल्लो प्रदेशसभाले बसाएको जग बलियो बनाउने गरी काम
कर्णाली प्रदेशसभाको उपसभामुखमा सत्ता गठबन्धनका साझा उम्मेदवार यशोदा न्यौपाने निर्वाचित हुनुभएको छ । सभामुख नन्दा गुरुङले प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पाँचाँै बैठकको कारबाही प्रारम्भ गर्दै कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ९ बमोजिम मत विभाजन गर्नुभएको थियो । प्रदेशसभामा रहेका ४० सदस्यमध्ये बैठकमा ३८ सदस्य उपस्थित रहेका र न्यौपानेलाई
वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभामा नवनिर्वाचित उपसभामुख अप्सरा चापागाइँलाई आज पद तथा गोपनियता शपथ गराउनुभएको छ । सो अवसरमा वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, सभामुख भुवनकुमार पाठक, सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया र बिना विभागीयमन्त्री उद्धब थापा उपस्थित हुनुहुन्थ्यो । नवनिर्वाचित उपसभामुख चापागाइँले आजै प्रदेशसभा
विसं २०७४ को प्रदेशसभा र गठित प्रदेश सरकार ऐतिहासिक सङ्घीय संरचना कार्यान्वयनको प्रारम्भ थियो । सङ्घीयताको व्यवहारिक अभ्यासमा जाँदै गर्दा पहिलो कार्यकालमा सात प्रदेशमध्ये कुनै पनि सभामुख पदमा महिला पाउन सकेको थिएन । राज्यका जुनसुकै नीतिगत तहमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने संविधानमा व्यवस्था छ । विसं २०७४ को निर्वाचनपश्चात
गण्डकी प्रदेशसभाको उपसभामुखमा नेकपा (एमाले) की बीनाकुमारी थापा निर्वाचित हुनुभएको छ । सोमबार भएको निर्वाचनमा थापाको पक्षमा ३२ मत खसेको प्रदेशसभा सदस्य गोविन्दबहादुर नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार उपसभामुख पदका अर्का उम्मेदवार नेपाली कांग्रेसकी पार्वती तामाङले २६ मत ल्याउनुभएको थियो । प्रदेशसभाका कुल ६० सदस्यमध्ये सभामुख कृष्णप्रसाद धिताल तटस्थ
मधेस प्रदेशसभा सभामुखको लागि आज उम्मेदवारी दर्ता गरिने भएको छ । प्रदेशसभा सचिवालद्वारा जारी निर्वाचन कार्यक्रमसम्बन्धी सूचनामा आज बिहान ११ देखि ३ बजेसम्म सभामुख पदका लागि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७(१) बमोजिम माघ २ गते सोमबार हुने निर्वाचनका लागि आज उम्मेदवारी
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित दुई यातायात प्रालि समायोजन भएका छन् । वीरेन्द्रनगरबाट सञ्चालन हुँदै आएका पब्लिक हिमाल यातायात र बौद्ध यातायात प्रालिबीच समायोजन भएको हो । बौद्ध यातायात प्रालिका अध्यक्ष कमल गुरुङले आफ्नो संस्थामा रहेका एक सय ४४ सवारीलाई शुक्रबार एक सम्झौतापत्रमा हस्ताक्षर गर्दै पब्लिक हिमाल यातायात प्रालिमा
सुदूरपश्चिम प्रदेशसभामा सभामुख चयन प्रक्रिया स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आज अपराह्न जारी गरेको सूचनामा अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगन गरेसँगै सभामुख प्रक्रिया स्थगित भएको हो । यसअघि बिहीबारको बैठकमा मत विभाजनमा दुई जना उम्मेदवारमध्ये कसैले पनि बहुमतप्राप्त नगरेपछि आज विहान ११ बजेका लागि बैठक आह्वान गरिएको