Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

कर्णालीलाई सङ्घीय मन्त्री नदिइएको गुनासो


नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले सङ्घ सरकारमा कर्णाली अट्न नसकेको टिप्पणी गर्नुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पाँचौँ बैठकमा बोल्दै नेता शाहीले कर्णालीप्रति केन्द्रले हेर्ने दृष्टिकोण आज पनि सकारात्मक नभएको जिकिर गर्नुभयो ।

“कर्णालीबाट अनुभव बटुलेका नेताले जितेर गएका छन्,” उहाँले भन्नुभयो, “तथापि मङ्गलबार विस्तार भएको सङ्घ सरकारको मन्त्रिपरिषद्मा कर्णाली अट्न सकेन ।” कर्णालीको मुख्यमन्त्रीसमेत भइसक्नुभएका नेता शाहीले नकारात्मक व्यवहार गरिएको भन्दै केन्द्रीय नेतृत्वप्रति आक्रोश व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “केन्द्रले अहिले देखाएको व्यवहार हामीले साझा चिन्तन र एकमत भएर हिँड्न नसकेको परिणाम हो ।”

कर्णालीको प्रतिपक्ष गरिबी, रोग र अशिक्षा भएको उल्लेख गर्दै उहाँले सबै मिलेर कर्णाली निर्माणको अभियानमा हातेमालो गर्ने उदाहरणीय व्यवहार देखाउन सम्पूर्ण प्रदेशसभा सदस्यलाई अनुरोध गर्नुभयो ।


प्रकाशित मिति: ४ माघ २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?