Trending
>>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

कर्णाली सरकारको पहिलो निर्णय ः युवा रोजगार योजना निर्माण गर्न कार्यदल


कर्णाली प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले युवा रोजगार योजना निर्माण गर्न कार्यदल गठन गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामकृष्ण थापाको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।

सचिव थापा नेतृत्वको कार्यदलले कर्णालीका बेरोजगार युवाका लागि प्रति वर्ष १० हजारलाई रोजगार दिने योजना निर्माण गर्न गर्नेछ । मन्त्रिपरिषद्को पहिलो बैठकले समृद्ध कर्णालीका लागि रोजगारीमार्फत स्वरोजगारीको मार्गचित्र तथा कार्ययोजना निर्माण गर्न कार्यदललाई ३० दिनको समयावधि दिएको मुख्यमन्त्री शर्माले बताउनुभयो । उहाँका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सदस्य र कर्णाली प्रदेश योजना आयोगका प्रशासकीय प्रमुख सदस्य सचिव हुनेगरी कार्यदल गठन गरिएको छ । मुख्यमन्त्री शर्माले पदभार ग्रहण गर्नुभएकै दिन कर्णाली प्रदेशका १० हजार बेरोजगार युवालाई हरेक वर्ष रोजगारी दिने र रोजगारीमार्फत स्वरोजगार बनाउने योजना सार्वजनिक गर्नुभएको थियो ।

सोही योजनाबमोजिम कार्यदलले युवा रोजगारीका लागि आवश्यक तथ्याङ्कसहित योजना निर्माणको प्रतिवेदन ल्याउने र त्यसले काम कारवाही कसरी थाल्ने भन्ने मार्गनिर्देशन गर्ने उहाँले बताउनुभयो ।

 


प्रकाशित मिति: ५ माघ २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?