काठमाडौ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले तेमाल गाउँपालिका–७, पाण्डेगैराका पाण्डे परिवारका छोरी–बुहारीहरू समुहले ३० हजार एक सय एघार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन्।
भोटेकोशीमा आएको भीषण बाढीले रसुवासहित आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याउनुका साथै सडक, पुल, जलविद्युत् तथा अन्य पूर्वाधारमा समेत व्यापक क्षति भएको छ। खोजी, उद्धार तथा राहतका कार्य जारी छन्।

प्रकाशित मिति: १६ भाद्र २०८३, मंगलवार